जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

नौमती बाजा घन्काउदै सूर्योदयका महिला

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
नौमती बाजा घन्काउदै सूर्योदयका महिला

फिक्कलः
इलामको सूर्योदय नगरपालिका वडा नं. नौ मा नौमती बाजा बजाउने तालिम आज सम्पन्न भएको छ । सूर्योदय नगरपालिका नौ मा अरुणा अन्तर महिला समुहको आयोजना र सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आर्थिक सहयोगमा महिलाहरुले १० दिने नौमती बाजा बजाउने तालिम लिएका हुँन ।
११ जना महिलाको सहभागीता रहेको तालिममा झापाबाट आउनु भएका प्रशिक्षकद्धय तारा आचार्य र टिका प्रसाईले प्रशिक्षण दिनु भएको थियो । उक्त समुहका लागि नगरले नौमती बाजा समेत खरिद गरीदिएको छ । आयोजक अरुणा अन्तर महिला समुहका अध्यक्ष गोमादेबी तिम्सिनाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकला बराईलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र समेत बितरण गरिएको छ । कार्यक्रममा सहभागीलाई प्रशिक्षर्थीले नौमती बाजा बजाएर स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकाला बराईलीले महिलाहरुले नौमती बाजा बजाउन थाल्नु समाज रुपान्तरणको आधार भएको बताउनु भयो । उहाले पुरुषले मात्र नौमती बाजा बजाउने चलनको अत्य भएको भन्दै ब्यवसायिक बन्नका लागि महिलाहरुलाई थप सहयोगको खाचो रहेको बताउनु भयो ।
आगामी दिनमा बिभिन्न धार्मीक तथा सांस्कृतिक पर्वमा महिलाहरु बाजा बजाउन जाने वडा नं. नौ का वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘नगरको दिगो बिकासका लक्ष्य पुरा गर्नका लागि नौमती बाजालाई ब्यवसायीकरण गर्नु पर्छ ।’ शर्माले वडाले निर्माण गरेको मापदण्डमा रहेर काम गर्न नौमती टोेलीलाई आग्रह गर्नु भयो ।
वडा नं. २ का अध्यक्ष डिक बम्जनले महिलाहरुको नेतृत्व बिकास र ब्यवसायिकरणका लागि नगरले बिभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका पूर्व उप प्रमुख दुर्गादेबी भराईले महिलाहरु पुरुषबाट निर्देशित बन्दै आएकाले महिलाहरु आफै रचनात्मक बन्नु पर्नेमा जोड दिनु भयो । उहाले तालिम दिएर सिकाएर मात्र नहुँने भन्दै नौमती बाजालाई नगरपालिकाले संस्थागत गर्नु पर्ने बताउनु भयो ।
दलित अगुवा तथा समाजसेवी कमल गदालले शुभकार्यमा बजाईने नौमती बाजाको हजारौ बर्ष पुरानो इतिहास रहेको बताउदै सरक्षणमा लाग्नु पर्ने बताउनु भयो । उहाले नेपालमा ६५० बढी प्रकारका बाजा बजाईने गरीएको उल्लेख गर्दै पूर्वेली भाखाका बाजा संरक्षण गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘नौमती बाजा हाम्रो संस्कृति हो, यसले हाम्रो मौलिक्ता जोगाउछ ।’
कार्यक्रममा नगरको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारा शेर्पाले नगरको दिगो बिकासका २३२ सूचक मध्ये एउटा सूचक महिलाका लागि नौमती बाजा बजाउने तालिम रहेको जानकारी दिनु भयो । उहाले महिलालाई ब्यवसायिक बनाउन अचार बनाउने , बासका सामग्री बनाउने देखि नौमती बाजा सम्मको तालिम शाखालेसंचालन गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा ९३ बर्षीय स्थानीय बृद्धा उक्तमराज शर्मा, सूर्योदय महिला मंचकी अध्यक्ष अमृता राई, सूर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष लगायतले आफनो बिचार राख्नु भएको थियो ।
सूर्योदय नगरपालिका नौ की बेदकुमारी पाण्डे ५३ बर्षको उमेरमा नौमती बाजा बजाउन सिकेको बताउनु भयो । उहाले नौमती बजाउन सिके पछि अव ब्यवसायीक रुपमा बाजा बजाउ तर्फ अग्रसर हुने बताउनु भयो ।

TOP