जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

माइजोगमाईमा विद्यार्थी र ५० बर्ष माथीका नागरिकको निःशुल्क आँखा जाँच

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
माइजोगमाईमा विद्यार्थी र ५० बर्ष माथीका  नागरिकको निःशुल्क आँखा जाँच

फिक्कल
इलामको माइजोगमाई गांउँपालिका ६ वटा बिद्यालयका प्रत्येक बिद्यालयका विद्यार्थी तथा ५० बर्ष माथीका नागरिकको निःशुल्क आँखा जांच शुरु गरीएको छ ।
नेपाल नेत्र ज्योती संघ इलाम र माइजोगमाइ गांउँपालिकाको आयोजनामा बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा विद्यार्थी तथा ५० बर्ष माथीका नागरिकको निःशुल्क आँखा जांच शुरु गरीएको हो । निःशुल्क आँखा जांच कार्यक्रम आजदेखी वडा नम्बर ४को नेपाल ज्योती माध्यमिक बिद्यालय नामसालिङबाट शुरु गरिएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । उपाध्यक्ष राईले पालिकाका ६ वटै वडामा शिबिर संचालन गरीने जानकारी दिनु भयो । नामसालिङमा पहिलो दिन एक सय १४ जनाको आँखाको निशुल्क उपचार गरीएको छ ।
नेपाल नेत्र ज्योति संघबाट संचालन भएको आँखा उपचार केन्द्रहरु इलाममा ३ वटा रहका छन् । उक्त उपचार केन्द्रले इलाम नगरपालिका, सूर्योदय नगरपालिका र देउमाई नगरपालिकाबाट सेवा दिदै आएको छ ।

TOP