अर्थ वाणिज्य २० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी अर्थ वाणिज्य इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै पालिका विशेष बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका जीवनशैली सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा अर्थ वाणिज्य जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति जीवनशैली केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त प्रदेश केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त जीवनशैली सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा खेलकुद कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि अर्थ वाणिज्य ६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा पाँच बर्षे शिक्षा योजना निर्माण हुँदै

  • प्रकाशित मितिः March 21, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा पाँच बर्षे शिक्षा योजना निर्माण हुँदै

फिक्क्ल : सूर्योदय नगरपालिकाले पाँच बर्षे शिक्षा योजना निर्माणको काम थालेको छ । नगरले पाँचबर्षे शिक्षा योजना निर्माणका लागि सरोकारवाला संग छलफल गरी राय सुझाव लिएको हो ।
पाँच बर्षे शिक्षा योजनाको खाका तयार गरी नगरले सरोकारवाला संग छलफल गरी सुझाव संकलन गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक , बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, शिक्षक, शिक्षा समितिका सदस्य सहित प्याब्सनका पधाधिकारीको सहभागीता रहेको थियो ।
सूर्योदय नगरपालिका सामाजिक बिकास समितिका संयोजक डिक बम्जनको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख योगनिधि भट्टराईले सूर्योदय नगरपालिकामा रहेका सामुदायिक र संस्थागत बिद्यालयको अवस्था बारे प्रतिवेदन प्रस्तु गर्नु भएको थियो । कार्यक्रमा ७ वटा समुह बनाई बिभिन्न बिषयमा सुझाव लिईएको छ ।
सरोकारवालाले बिद्यालयको भौतिक अवस्था , शिक्षक ब्यवस्थापन, प्रविधिमैत्री शिक्षा लगायत दर्जनौ बिषयमा सुझाव दिएका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले नगरको शिक्षा क्षेत्रलाई उकास्नका लागि सबैको जिम्मेवारी रहेको बताउनु भयो । उहाले लक्ष्य बिहीन दौडिएर कहि नपुगिने भन्दै लक्ष्य निर्धारण गरे अगाडी बढन शुरु गरएिको बताउनु भयो । उहाले पाँच बर्षको योजना बने पछि मात्र नगरले कति बजेटको ब्यवस्था गर्ने भन्ने टुंगो लाग्ने जानकारी दिनु भयो । शाखा प्रमुख भट्टराईले संयोजन गर्नु भएको कार्यक्रममा शाखाका स्रोत ब्यक्ति शुर्दशन खतिवडाले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष युवराज बाशिष्ठ, सूर्योदय प्याब्सनका अध्यक्ष लार्केल लामा , प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई लगायत सरोकारवालाको सहभागिता रहेको थियो । नगरले तयार भएको शिक्षा योजनाको ड्राफ्ट र सरोकारवालाको सुझावलाई अध्ययन गरी अन्तिम रुप दिने जनाएको छ ।

TOP