प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा पाँच बर्षे शिक्षा योजना निर्माण हुँदै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा पाँच बर्षे शिक्षा योजना निर्माण हुँदै

फिक्क्ल : सूर्योदय नगरपालिकाले पाँच बर्षे शिक्षा योजना निर्माणको काम थालेको छ । नगरले पाँचबर्षे शिक्षा योजना निर्माणका लागि सरोकारवाला संग छलफल गरी राय सुझाव लिएको हो ।
पाँच बर्षे शिक्षा योजनाको खाका तयार गरी नगरले सरोकारवाला संग छलफल गरी सुझाव संकलन गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक , बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, शिक्षक, शिक्षा समितिका सदस्य सहित प्याब्सनका पधाधिकारीको सहभागीता रहेको थियो ।
सूर्योदय नगरपालिका सामाजिक बिकास समितिका संयोजक डिक बम्जनको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख योगनिधि भट्टराईले सूर्योदय नगरपालिकामा रहेका सामुदायिक र संस्थागत बिद्यालयको अवस्था बारे प्रतिवेदन प्रस्तु गर्नु भएको थियो । कार्यक्रमा ७ वटा समुह बनाई बिभिन्न बिषयमा सुझाव लिईएको छ ।
सरोकारवालाले बिद्यालयको भौतिक अवस्था , शिक्षक ब्यवस्थापन, प्रविधिमैत्री शिक्षा लगायत दर्जनौ बिषयमा सुझाव दिएका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले नगरको शिक्षा क्षेत्रलाई उकास्नका लागि सबैको जिम्मेवारी रहेको बताउनु भयो । उहाले लक्ष्य बिहीन दौडिएर कहि नपुगिने भन्दै लक्ष्य निर्धारण गरे अगाडी बढन शुरु गरएिको बताउनु भयो । उहाले पाँच बर्षको योजना बने पछि मात्र नगरले कति बजेटको ब्यवस्था गर्ने भन्ने टुंगो लाग्ने जानकारी दिनु भयो । शाखा प्रमुख भट्टराईले संयोजन गर्नु भएको कार्यक्रममा शाखाका स्रोत ब्यक्ति शुर्दशन खतिवडाले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष युवराज बाशिष्ठ, सूर्योदय प्याब्सनका अध्यक्ष लार्केल लामा , प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई लगायत सरोकारवालाको सहभागिता रहेको थियो । नगरले तयार भएको शिक्षा योजनाको ड्राफ्ट र सरोकारवालाको सुझावलाई अध्ययन गरी अन्तिम रुप दिने जनाएको छ ।

TOP