पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

सूर्योदयका संस्थागत बिद्यालयको बाल बचत खाता संचालन

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
सूर्योदयका संस्थागत बिद्यालयको बाल बचत खाता संचालन

फिक्क्ल: सूर्योदय नगरपालिकाका संस्थागत बिद्यालयमा अध्ययरत बिद्यार्थीका लागि बाल बचत कार्यक्रम संचालन गरीने भएको छ । सामुदायिक बिद्यालयका बिद्यार्थीको बाल बचत गराउदै आएको नगरले यस शैक्षिक सत्रबाट सामुदायिक बिद्यालय सरह नै संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीको बाल बचत खाता संचालन गर्ने भएको हो ।
शुक्रबार एक कार्यक्रमका बिच नगरपालिका र हिमालयन बैंक फिक्कल कार्यालय बिच खाता संचालन गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकामा भएको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई र बैंकका फिक्कल कार्यालय प्रमुख अर्चन ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।
सूर्योदयका ३० वटा संस्थागत बिद्यालयमा अध्ययरत २ हजार १ सय बिद्यार्थीको हिमालयन बैंक फिक्कल शाखामा तत्काल खाता संचालन हुने छ । कक्षा ५ सम्म अध्यरत बिद्यार्थीले मासिक रुपमा न्यूनत १ सय ५० रुपैयाँ जम्मा गर्ने छन । उक्त खातामा बैङले प्रति बिद्यार्थी एक सय रुपैयाँ जम्मा गरिदिने फिक्कल कार्यालय प्रमुख ढुंगानाले जानकारी दिनु भयो । उहाका अनुसार खाता खोलीएका बिद्यार्थीको बिमा समेत हुने भएको छ । उक्त खातामा नगरले समेत केहि रकम जम्मा गर्ने छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले संस्थागत बिद्यालयका बिद्यार्थीको बैंक खाता संचालन सहयोग गर्न अविभावकलाई आग्रह गर्नु भयो ।
नगर प्रमुख रण बहादुर राईले नगरका बालबालिका समान भएकाले सामुदायिक सरह संस्थागत बिद्यालयका बालबालिकाको खाता संचालन गरीएको बताउनु भयो । प्रमुख प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सानै देखि बालबालिकालाई बचत गर्ने बानी बसाल्न खाता संचालन गरीएको जानकारी दिनु भयो । नगरले यस अघि सामुदायिक बिद्यालयमा कक्षा ५ सम्म अध्ययरत बिद्यार्थीको बाल बचत खाता संचालन गरीसकेको छ । सामुदायिक बिद्यालयका बिद्यार्थीकोे बाल बचत खाता राष्टिय बाणिज्य बैकमा खोलीएको छ । नगर प्रमुख राईले कक्षा ५ सम्मका बिद्यार्थीको खाता खोली सकिए पछि कक्षा ८ सम्म बिद्यार्थीलाई उक्त कार्यक्रममा सहभागी गराईने भएको छ ।

TOP