जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयका संस्थागत बिद्यालयको बाल बचत खाता संचालन

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
सूर्योदयका संस्थागत बिद्यालयको बाल बचत खाता संचालन

फिक्क्ल: सूर्योदय नगरपालिकाका संस्थागत बिद्यालयमा अध्ययरत बिद्यार्थीका लागि बाल बचत कार्यक्रम संचालन गरीने भएको छ । सामुदायिक बिद्यालयका बिद्यार्थीको बाल बचत गराउदै आएको नगरले यस शैक्षिक सत्रबाट सामुदायिक बिद्यालय सरह नै संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीको बाल बचत खाता संचालन गर्ने भएको हो ।
शुक्रबार एक कार्यक्रमका बिच नगरपालिका र हिमालयन बैंक फिक्कल कार्यालय बिच खाता संचालन गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकामा भएको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई र बैंकका फिक्कल कार्यालय प्रमुख अर्चन ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।
सूर्योदयका ३० वटा संस्थागत बिद्यालयमा अध्ययरत २ हजार १ सय बिद्यार्थीको हिमालयन बैंक फिक्कल शाखामा तत्काल खाता संचालन हुने छ । कक्षा ५ सम्म अध्यरत बिद्यार्थीले मासिक रुपमा न्यूनत १ सय ५० रुपैयाँ जम्मा गर्ने छन । उक्त खातामा बैङले प्रति बिद्यार्थी एक सय रुपैयाँ जम्मा गरिदिने फिक्कल कार्यालय प्रमुख ढुंगानाले जानकारी दिनु भयो । उहाका अनुसार खाता खोलीएका बिद्यार्थीको बिमा समेत हुने भएको छ । उक्त खातामा नगरले समेत केहि रकम जम्मा गर्ने छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले संस्थागत बिद्यालयका बिद्यार्थीको बैंक खाता संचालन सहयोग गर्न अविभावकलाई आग्रह गर्नु भयो ।
नगर प्रमुख रण बहादुर राईले नगरका बालबालिका समान भएकाले सामुदायिक सरह संस्थागत बिद्यालयका बालबालिकाको खाता संचालन गरीएको बताउनु भयो । प्रमुख प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सानै देखि बालबालिकालाई बचत गर्ने बानी बसाल्न खाता संचालन गरीएको जानकारी दिनु भयो । नगरले यस अघि सामुदायिक बिद्यालयमा कक्षा ५ सम्म अध्ययरत बिद्यार्थीको बाल बचत खाता संचालन गरीसकेको छ । सामुदायिक बिद्यालयका बिद्यार्थीकोे बाल बचत खाता राष्टिय बाणिज्य बैकमा खोलीएको छ । नगर प्रमुख राईले कक्षा ५ सम्मका बिद्यार्थीको खाता खोली सकिए पछि कक्षा ८ सम्म बिद्यार्थीलाई उक्त कार्यक्रममा सहभागी गराईने भएको छ ।

TOP