जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेशमा बन्द आवहान

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेशमा बन्द आवहान

झापा: कोशी नाम खारेजीको मागसहित आन्दोलनमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै बन्दको घोषणा गरेको छ ।संघर्ष समितिले मंसीर ३० र पुस १ गते फेदेन, हिल्लिहाङ, थर्पूदेखि चिवाभन्ञ्याङसम्म, मेची राजमार्ग झापा चारालीदेखि ताप्लेजुङसम्म, तमोर करिडोर मूलघाटदेखि फेदेनसम्म अनिश्चितकालीन सडक बन्दको घोषणा गरिएको जनाएको छ ।
पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे प्रदेशव्यापी आम हड्ताल गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ । कोशी नामका पक्षमा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदहरु र पहिचान विरोधी भन्दै केपी ओली, योगेश भट्टराई र महेश बस्नेतबिरुद्ध कालोझण्डा प्रदर्शन लगायतको कार्यक्रम जारी रहेको समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
कालोझण्डा प्रदर्शनको क्रममा खोटाङबाट मंसीर २६ गते पूर्वसंस्कृति मन्त्री गोपाल किराती, जसपा नेता राजेश राई, गन्धमान राई, विजय राई, उदिम राई पक्राउ परेका छन् । त्यस्तै भोजपुरबाट मंसीर २६ गते बिदुर राई किराया भोजपुर जिल्ला अध्यक्ष मीना राई जसपा प्रदेश सदस्य, दिनेश राई जसपा जि।सदस्य÷युवा इञ्चार्ज, पनन राई पक्राउ परेका छन् । त्यस्तै उदयपुरको घुर्मीबाट सोही दिन निशान राई, बिजय थापा, शंखर खत्री पक्राउ परेका छन् ।

यता झापाको बिर्तामोडबाट २६ गते नै संयुक्त संघर्ष समिति झापा जिल्ला संयोजक पाण्डव चौधरी पक्राउ परेका थिए ।उता लेगुवा घाटबाट मंसीर २७ गते उद्धवमणि राई किराया धनुकटा अध्यक्ष, कमल तिगेला कियाचु धनकुटा अध्यक्ष, वीरेन्द्र खारा राई संखुवासभा संयुक्त संघर्ष समिति अध्यक्ष, उमा चाम्लिङ राई किराया संखुवासभा सचिव, जीतेन्द्र माङ्पाङ राई किराया पाख्रिबास अध्यक्ष पक्राउ परेका छन् ।
त्यसैगरी भोजपुरबाट मंसीर २८ गते केपी ओलीलाई सदरमुकाममा कालो झण्डा प्रदेश गर्ने क्रममा मञ्जु राई (जसपा जिल्ला उपाध्यक्ष), दीनेश राई (किरात फोर्स भोजपुर संयोजक), मणि राई (जिल्ला सदस्य), धिरज राई (जिल्ला सदस्य), धिरेन खिम्बूले राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष), तायाबुङ राई ( समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव) पक्राउ परेका छन् । धनकुटा सिदुवाबाट सोही दिन शंकरमान खेवा, सूर्य मादेन, नगेन सावा, बोधराज लिम्बू, उदय लिम्बू सावा, फौद तुम्खेवा, दीपक लिम्बू, रुपेश लिम्बू, योगेन्द्र सावा लिम्बू पक्राउ परेको संघर्ष समितिले जनाएको छ । पूर्वमन्त्री गोपाल किराँती लगायत पक्राउ परेका सबै रिहाई नभइञ्जेलसम्म अनिश्चितकालीन बन्द यथावत रहने बताइएको छ ।

TOP