जीवनशैली सूर्योदयमा नागरिकता तथा घटना दर्ता सम्बन्धि अन्तरक्रिया सम्पन्न कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु
Hamropalika menu advertisement

तमु ल्होसार इलाम चोक बजारमा मनाईने

  • प्रकाशित मितिः December 5, 2025
  • हाम्रो पालिका
तमु ल्होसार इलाम चोक बजारमा मनाईने

इलाम : तमु समुदायले मनाउँदै आएको चाड तुमु ल्होसार यो वर्ष इलामको चोक बजारमा मनाउने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै इलाममा बिगत वर्षहरुमा सामान्य रुपमा मनाउंदै आएको ल्होसार यो वर्ष बिभिन्न कार्यक्रमहरु गरेको इलाम चोक बजारमा मनाउने आयोजकले बताएको छ । इलामका बिभिन्न समुदायहरुमा बसोबास गर्ने तमु समुदायहरुको पहिचान, कला संकृति बचाउनको लागी र इलामका सबै तमुहरु एक भएर अघि बढ्नको लागि आगामी पौष १३,१४ र १५ गते इलाममा कार्यक्रम आयोजना गरेको कार्यक्रमकी अध्यक्ष पबिमाया गुरुङले बताइन् ।

कार्यक्रमको पहिलो दिन फुटबल खेल हुने दोश्रो दिन जिल्लाका सबै वडाहरु बाट आएका तमु समुदायहरुको उपस्थितिमा चोक बजारमा कार्यक्रम उद्धघाटन गरी सांस्कृतिक कार्यक्रम संचालन गरी तेस्रो दिन अर्थात अन्तिम दिन गुरुङहरुको कला संस्कृति झल्किने सामाग्रीहरु प्रदर्शन गर्ने गुरुङ परिकारहरु बनाएर सबैलाई प्रसाद ग्रहण गराई बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती संगै शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको ल्होसार चाड मुल आयोजक समितिका हरि गुरुङले बताए ।इलाममा यस्ता प्रकारका कार्यक्रहरुले इलामबासीहरुमा एक आपसमा सद्भाव मेलमिलापको वातावरण सिर्जना हुने साथै इलामको पर्यटन बिकासको लागी पनि ठूलो भुमिका खेल्ने प्रचार संयोजक मान बहादुर गुरुङले बताए ।

TOP