जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

माइजोगमाईमा आँखा शिविर सञ्चालन गरिने

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
माइजोगमाईमा आँखा शिविर सञ्चालन गरिने

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा आँखा शिविर सञ्चालन गरिने भएको छ । पालिका छ वटै वडामा विद्यार्थी र ५० वर्षमाथिका नागरिकको आँखा निःशुल्क जाँच गर्न लागिएको हो । माइजोगमाई गाउँपालिका, इलामस्थित नेत्रज्योति संघ, लहान आँखा–कान उपचार केन्द्र र विराटनगर आँखा अस्पतालको आयोजनामा पुस १ देखि शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

पालिका उपाध्यक्ष प्रविना राईले वडा ४ मा पुस १ गते शिविर आयोजना गरिने बताइन् । ‘पुस १ गते वडा ४ का विद्यार्थीका लागि शिविर सुरु हुनेछ,’ उनले भनिन्, ‘त्यसपछि ५० वर्षभन्दा माथिका व्यक्तिका लागि र क्रमसः सबै वडामा आयोजना गरिने छ ।’ शिविर आयोजनाका लागि पालिका र आयोजकबीच अभिमुखीकरण कार्यक्रम नयाँबजारमा सम्पन्न भएको छ । शिविरमा कानको समेत जाँच गरिने छ ।

आँखा जाँचपछि सेवाग्राहीलाई आवश्यक परे चस्मासमेत निःशुल्क वितरण गरिने संघ अध्यक्ष इन्द्र फुँएलले जानकारी दिए । तर, चस्मा भने फिक्कलबाट वितरण गरिने छ । फुँएलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यमा सम्पन्न अभिमुखीकरणमा गाउँपालिका उपाध्यक्ष प्रविना राई र प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतसहित छ वटै वडाका वडाध्यक्ष, वडासचिव, कार्यपालिका सदस्य र वडा सदस्यलगायतको उपस्थिति थियो ।

TOP