पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

माइजोगमाईमा आँखा शिविर सञ्चालन गरिने

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
माइजोगमाईमा आँखा शिविर सञ्चालन गरिने

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा आँखा शिविर सञ्चालन गरिने भएको छ । पालिका छ वटै वडामा विद्यार्थी र ५० वर्षमाथिका नागरिकको आँखा निःशुल्क जाँच गर्न लागिएको हो । माइजोगमाई गाउँपालिका, इलामस्थित नेत्रज्योति संघ, लहान आँखा–कान उपचार केन्द्र र विराटनगर आँखा अस्पतालको आयोजनामा पुस १ देखि शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

पालिका उपाध्यक्ष प्रविना राईले वडा ४ मा पुस १ गते शिविर आयोजना गरिने बताइन् । ‘पुस १ गते वडा ४ का विद्यार्थीका लागि शिविर सुरु हुनेछ,’ उनले भनिन्, ‘त्यसपछि ५० वर्षभन्दा माथिका व्यक्तिका लागि र क्रमसः सबै वडामा आयोजना गरिने छ ।’ शिविर आयोजनाका लागि पालिका र आयोजकबीच अभिमुखीकरण कार्यक्रम नयाँबजारमा सम्पन्न भएको छ । शिविरमा कानको समेत जाँच गरिने छ ।

आँखा जाँचपछि सेवाग्राहीलाई आवश्यक परे चस्मासमेत निःशुल्क वितरण गरिने संघ अध्यक्ष इन्द्र फुँएलले जानकारी दिए । तर, चस्मा भने फिक्कलबाट वितरण गरिने छ । फुँएलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यमा सम्पन्न अभिमुखीकरणमा गाउँपालिका उपाध्यक्ष प्रविना राई र प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतसहित छ वटै वडाका वडाध्यक्ष, वडासचिव, कार्यपालिका सदस्य र वडा सदस्यलगायतको उपस्थिति थियो ।

TOP