जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

रोङ प्रथम महिला फुटबल फाइनलः त्रिवेणी र कुटिडाँडा भिड्ने

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
रोङ प्रथम महिला फुटबल फाइनलः त्रिवेणी  र कुटिडाँडा भिड्ने

डाइमण्ड तिम्सिना:

रोङ गाउँपालिका महिला संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत रोङ गाउँपालिकामा प्रथम जिल्ला स्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको फाईनलमा त्रिवेणी र कुटिडाँडा भिड्ने भएका छन् ।
बिहिवार भएको २ सेमिफाईनल खेलमा पहिलो सेमिफाइनल खेल बुद्दशान्तिलाई १ गोल ले पछि पार्दै कुटिडाँडा महिला फुटबल क्लवले जित दर्ता गरेको छ । द‍ोस्रो सेमिफाइनल खेलमा त्रिवेणी फुटबल क्लव इलामले आयोजक टिम लाई १गोल ले नै पछि पार्दै फाईनल यात्रा पक्का गरेको छ।फाईनल खेल शनिबार दिउँसो २ वजे शान्ति निकेतन नमुना मा वि क‍ो खेल मैदानमा हुनेछ।
फाईनल बिजेता ले नगद ५० हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ,भने उपबिजेताले नगद ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मंसिर २६ गतेदेखि श्री शान्ति निकेतन नमुना बिद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा इलाम जिल्ला भरिका ७ र झापाको १ टिम बुद्दशान्तिले भाग लिएका थिए ।उद्घाटनमा रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो,उपाध्यक्ष बिश्णुमायाँ खवास ,जिल्ला फुटबल संघका अध्यक्ष बिक्रम श्रेष्ठ ,विभिन्न खेलका प्रशिक्षक,रेफ्रि खेल कर्मीको उपस्थिति रहेको थियो ।
रोङ गाउँपालिकाको महिला संग उपाध्यक्ष कार्यक्रम अन्तरगत १ लाख र विभिन्न प्रायोजक गरि प्रतियोगिता संचालन गरेको आयोजक समितिका अध्यक्ष सिजन खवासले बताउनु भयो।
प्रतियोगितामा मेडल,ट्रफी र प्रमाणपत्र प्रज्वल विल्डर्सका प्रोप्राईटर जुद्द बिक्रम कुवर र बैदेशिक रोजगारीमा रहेका मोहन पान्दकले नगद १५ हजार सहयोग गरेका छन।

TOP