जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

अचार बनाउन सिक्दै लाप्चा समुदायका महिला

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
अचार बनाउन सिक्दै लाप्चा समुदायका महिला

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका महिलाका लागि तीन दिने अचार बनाउने तालिम दिईएको छ । सूर्योदय १० फिक्कलमा लाप्चा समुदायका महिलालाई ब्यवसायिक बनाउनका लागि मासुको अचार बनाउने तालिम दिइएको हो ।
तालिममा लाप्चा समुदाय अन्र्तगत वडा नं. ९ र १० का लोपउन्मुख लाप्चा समुदायका २७ जना महिला सहभागी थिए । उनीहरुले कुखुरा र राँगाको मासुको अचार बनाउने सीप सिकेको सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो । तालिममा किरण शर्माले महिलालाई अचार बनाउने तालिम दिनु भएको थियो । शाखा प्रमुख शेर्पाका अनुासर लाप्चा समुदायका महिलालाई थप ब्यवसायीक बनाउनका लागि प्रति ब्यक्ति ३ हजारका दरले बीउ पुजी समेत उपलब्ध गराईएको छ । उक्त रकमबाट तालिम लिएका महिलाले अचार बनाउने उहाले जानकारी दिनु भयो ।
समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र समेत बितरण गरीएको छ । प्रमाणपत्र बितरण गर्दै नगर प्रमुख रण बहादुर राईले दिगो बिकासको लक्ष्य पुरा गर्न महिलाले ब्यवसायीक बन्नु पर्ने बताउनु भयो । उहाले सीप सिकेर बस्ने नभई त्यसलाई ब्यवहारमा लागु गर्न महिला सक्रिय बन्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘महिला ब्यवसायीक बन्नु भनेको घर बलियो हुनु हो, अव घर बलियो बनाउने तर्फ लागनु होस ।’शाखाले पालिका भित्रका महिलाका लागि बिभिन्न प्रकारका तालिम संचालन गर्दै आएको छ ।

TOP