जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

अचार बनाउन सिक्दै लाप्चा समुदायका महिला

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
अचार बनाउन सिक्दै लाप्चा समुदायका महिला

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका महिलाका लागि तीन दिने अचार बनाउने तालिम दिईएको छ । सूर्योदय १० फिक्कलमा लाप्चा समुदायका महिलालाई ब्यवसायिक बनाउनका लागि मासुको अचार बनाउने तालिम दिइएको हो ।
तालिममा लाप्चा समुदाय अन्र्तगत वडा नं. ९ र १० का लोपउन्मुख लाप्चा समुदायका २७ जना महिला सहभागी थिए । उनीहरुले कुखुरा र राँगाको मासुको अचार बनाउने सीप सिकेको सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो । तालिममा किरण शर्माले महिलालाई अचार बनाउने तालिम दिनु भएको थियो । शाखा प्रमुख शेर्पाका अनुासर लाप्चा समुदायका महिलालाई थप ब्यवसायीक बनाउनका लागि प्रति ब्यक्ति ३ हजारका दरले बीउ पुजी समेत उपलब्ध गराईएको छ । उक्त रकमबाट तालिम लिएका महिलाले अचार बनाउने उहाले जानकारी दिनु भयो ।
समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र समेत बितरण गरीएको छ । प्रमाणपत्र बितरण गर्दै नगर प्रमुख रण बहादुर राईले दिगो बिकासको लक्ष्य पुरा गर्न महिलाले ब्यवसायीक बन्नु पर्ने बताउनु भयो । उहाले सीप सिकेर बस्ने नभई त्यसलाई ब्यवहारमा लागु गर्न महिला सक्रिय बन्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘महिला ब्यवसायीक बन्नु भनेको घर बलियो हुनु हो, अव घर बलियो बनाउने तर्फ लागनु होस ।’शाखाले पालिका भित्रका महिलाका लागि बिभिन्न प्रकारका तालिम संचालन गर्दै आएको छ ।

TOP