कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम सदरमुकाममा आगलागी, क्षतिको विवरण आउन बाँकी

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलाम सदरमुकाममा आगलागी, क्षतिको विवरण आउन बाँकी

इलाम स् इलाम सदरमुकाममा मङ्गलबार दिउँसो आगलागी भएको छ ।इलाम अस्पतालको आवास गृहसँगै रहेको भान्सा घरमा आगलागी भएको हो । दिउँसो २ बजेदेखि सुरु भएको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट भान्सा घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ भने नजिकै रहेको अस्पतालको आवास गृहको तल्लो भागमा समेत क्षति पुगेको छ । क्षतिको पूरा विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलाम प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।

‘भान्सा घरमा भएको आगलागी स्थानीयबासीहरुको सहयोगमा नियन्त्रणमा लिएका छौं’ खतिवडाले भने, ‘क्षतिको विवरण आउन बाँकी छ । विवरण संकलन गरिरहेका छौं ।’आगलागी सुरु भएको खबर पाएपछि सुरक्षाकर्मीसहित स्थानीयबासीहरु नियन्त्रणमा लागेका थिए । खाना पकाउने ग्यास पड्किएपछि आगो नियन्त्रणमा झनै समस्या भएको थियो । आगलागी भएको स्थानसम्म दमकल पुग्न नसक्ने भएका कारण समेत नियन्त्रणमा समस्या भएको थियो ।

TOP