जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाम सदरमुकाममा आगलागी, क्षतिको विवरण आउन बाँकी

  • प्रकाशित मितिः April 18, 2026
  • हाम्रो पालिका
इलाम सदरमुकाममा आगलागी, क्षतिको विवरण आउन बाँकी

इलाम स् इलाम सदरमुकाममा मङ्गलबार दिउँसो आगलागी भएको छ ।इलाम अस्पतालको आवास गृहसँगै रहेको भान्सा घरमा आगलागी भएको हो । दिउँसो २ बजेदेखि सुरु भएको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट भान्सा घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ भने नजिकै रहेको अस्पतालको आवास गृहको तल्लो भागमा समेत क्षति पुगेको छ । क्षतिको पूरा विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलाम प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।

‘भान्सा घरमा भएको आगलागी स्थानीयबासीहरुको सहयोगमा नियन्त्रणमा लिएका छौं’ खतिवडाले भने, ‘क्षतिको विवरण आउन बाँकी छ । विवरण संकलन गरिरहेका छौं ।’आगलागी सुरु भएको खबर पाएपछि सुरक्षाकर्मीसहित स्थानीयबासीहरु नियन्त्रणमा लागेका थिए । खाना पकाउने ग्यास पड्किएपछि आगो नियन्त्रणमा झनै समस्या भएको थियो । आगलागी भएको स्थानसम्म दमकल पुग्न नसक्ने भएका कारण समेत नियन्त्रणमा समस्या भएको थियो ।

TOP