जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सूर्योदय ७ का जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई घर-घरमै न्यानो कपडा बितरण

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
सूर्योदय ७ का जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई घर-घरमै न्यानो कपडा बितरण

फिक्कल:सूर्योदय नगरपालिका वडा नं.७ का जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा बितरण गरिएको छ । वडा नं. ७ का २२ जना जेष्ठ नागरिक र ८ जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा बितरण गरिएको हो ।
वडा नं. ७ का वडाध्यक्ष लोक बहादुर राईले वडाका जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई ब्ल्ङकेट , हर्लिक्स बितरण गरेको जानकारी दिनु भयो । उहाका अनुसार गत साल वडामा ज्याकेट, टोपी र सुइटर बितरण गरिएको थियो ।
अध्यक्ष राईले टोल टोल र अशक्त तथा बृद्धबृद्धाका घर घरमा पुगेर सामग्री बितरण गरीएको हो । सिंगो वडाका जनप्रतिनिधि कर्मचारी सहितको टिमले वडाका १६ वटा टोलमा पुगेर बितरण गरेको छ । वडाध्यक्ष राईले भन्नु भयो‘स्थानीय सरकारको आभाष दिनका लागि घरघरमै गएर कपडा बितरण गरेका हौ।’
७ न.ं वडाले टोटोलमा भूमीकर संकलन गर्न घुम्ती शिबिर संचालन गरेको छ । सतप्रतिशत कर संकलन गर्नका लागि घुम्ती शिबिर संचालन गरेको वडाध्यक्ष राईले जानकारी दिनु भयो । भूमीलाई ब्यस्थित गर्नका लागि वडाले अभियान थालेको बताउनु भयो । २० बर्ष सम्म भूमीको मालपोत कर नतिरेको पाईएको वडाध्यक्ष राईले जानकारी दिनु भयो ।

TOP