इलामको बिङ्गो खेलको दैनिक हिसाब गोलमाल, टिकट बिक्रीमै भ्रष्टाचार – Hamropalika
पालिका विशेष इलामको सन्दकपुर वडा २ लाई ‘संकटग्रस्त वडा’ घोषणा गर्न सिफारिस जीवनशैली सूर्योदयमा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न पालिका विशेष फिक्कल,गुप्ती नयाँबजार सडक संचालनमा जीवनशैली मेची राजमार्गमा पहिरोका कारण यातायात ठप्प जीवनशैली ऐमाले रोङको अध्यक्षमा पुनः खड्ग आले जीवनशैली माईजोगमाई ५ सोयाङका पहिरो पीडितलाई गाउँपालिकाद्धारा राहत वितरण जीवनशैली फिक्कल–नयाँबजार सडक अवरुद्ध अर्थ वाणिज्य फिक्कल खानेपानीको पाइप जडान हुँदै, केहि दिनमै पानी सूचारु हुँने अर्थ वाणिज्य फिक्कल, पशुपतिनगर र तीन घरे सहितका बजार अनुगमन ,१ लाख ५० हजार बढीको म्याद गुज्रिएको सामग्री बरामद पर्यटन इलाममा निशान पदमार्गको उद्घाटन २३ गते गरिने
Hamropalika menu advertisement

इलामको बिङ्गो खेलको दैनिक हिसाब गोलमाल, टिकट बिक्रीमै भ्रष्टाचार

  • प्रकाशित मितिः October 5, 2024
  • हाम्रो पालिका

इलाम:
असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो खेलको हिसाब किताब गोलमाल भएको पाइएको छ । आयोजकले सार्वजनिक गरेको विवरण अनुसार ४१ दिन खेलाइएको बिङ्गोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको देखाए पनि हिसाब पारदर्शी बन्न नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको पाइएको हो । खेल सकिएपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको आर्थिक विषय विवादमा बनेपछि आयोजकले दोस्रो पटक आइतबार पत्रकार सम्मेलन ग¥यो ।
दोस्रो पत्रकार सम्मेलनमा पनि आयोजक संस्थाले टिकटको यकिन तथ्याङ्क दिन नसके पछि टिकट बिक्रीमा नै भ्रष्टाचार भएको नगर खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठले स्विकारेका छन् । पत्रकार सम्मेलनमा खरिद गरेको टिकट, दैनिक बिक्री भएको टिकट र दैनिक बिक्री भएर सिरिजबाट बाँकी रहेको टिकट र पुरस्कार रकमको तथ्याङ्क आयोजकले दिन नसके पछि अध्यक्ष श्रेष्ठले टिकटमा भ्रष्टाचार भएको स्विकारेका हुन ।
आर्थिक पारदर्शिता गर्ने उद्देश्यले दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा हिसाब देखाउनै नसकेपछि भ्रष्टाचार भएको छर्लङ्ग भएको छ । ४१ दिन सञ्चालन भएको खेलमा टिकट खरिद, दैनिक बिक्री, बचत र पुरस्कार कति रहेको भन्ने तथ्याङ्क आयोजकसँग नभएपछि आयोजक गोलमाल बनेको छ । प्रतिष्ठानका उपाध्यक्ष गणेश खतिवडाले दैनिक तथ्याङ्क आयोजकसँग नहुनु कमजोरी रहेको स्वीकार गरे । सम्मेलनमा दैनिक बिक्री टिकट र बाँकी रहेको टिकटको तथ्याङ्क माग्दा आयोजकले दैनिक उब्रेको टिकट भन्दै झोलाबाट टिकट नै निकालेर गन्न थालेको थियो । नौ वटा संस्थाको संयुक्त आयोजनामा भएको खेलको नेतृत्व नगर खेलकुद विकास समितिले लिएको थियो । हिसाबको विवाद आएपश्चात् अन्य संस्थाले पनि गुनासो गरिरहेका छन् । तर मुख्य आयोजक संस्थाले यकिन हिसाब दिन नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको देखिन्छ ।
इलाममा हाउजी खेलाउन भारतको सुलिगुडी वा दार्जिलिङबाट टिकट ल्याइन्छ । तम्बोला र एंकर कम्पनीका टिकट हाउजीमा प्रयोग गरिन्छ । आयोजकले यो पटक एक सय २० सेरिज ९सेट० टिकट ल्याएको विवरण देखाइएको छ तर कति टिकट बेचियो भन्ने कहीँ कतै विवरण छैन । दैनिक टिकट कति बेचियो भन्दा आयोजक खाता पल्टाउन थाल्छ तर यति हो भन्ने तथ्याङ्क दिन सक्दैन ।
एक सेरिजमा छ सय टिकट हुन्छन्। एक सेरिजलाई सय–सय टिकटका छ सेट बनाइएको हुन्छ । र, एउटा टिकटमा ९० कोठा हुन्छन् । छ सय टिकटमध्ये कुनैसँग कुनै नम्बर नमिलेपछि एक सेरिजमात्र विक्री हुँदा सामान्यतया एक जनालाई मात्र हाउस फुल पर्छ । तर, खेलका कुल ४१ दिनमध्ये ४० दिन ९प्रत्येक दिन दुई वा दुईभन्दा बढी व्यक्तिले हाउस फुल पारेपछि प्रत्येक दिन कम्तीमा एक हजार दुई सय टिकट विक्री भएको देखिन्छ । फाइनलको दिनबाहेक प्रत्येक टिकट प्रतिगोटा सय रुपैयाँमा विक्री गरिएको छ । यसो गर्दा प्रत्येक दिन कम्तीमा एक लाख २० हजार रुपैयाँको टिकट विक्री भएको देखिन आउँछ ।
आयोजकहरूले सार्वजनिक गरेको विवरणमा चाहिँ पहिलो दिन सबैभन्दा कम आठ हजार तीन सय ३० रुपैयाँ बचत र १८ हजार पाँच सय रुपैयाँ पुरस्कारमा खर्च भएको उल्लेख छ । फाइनल बाहेकका ४० दिनमध्ये मङ्सिर ७ गते सबैभन्दा बढी ९९ हजार एक सय ९० रुपैयाँ बचत र एक लाख १६ हजार तीन सय रुपैयाँ पुरस्कारमा खर्च भएको देखाइएको छ ।
टिकट विक्रीबाट आएको कुल रकमको प्रायः ६० प्रतिशत पुरस्कारमा खर्च गरिन्छ र ४० प्रतिशत बचत राखिन्छ । कहिलेकाहीँ आयोजकले तत्काल निर्णय गरी यो अनुपात तलमाथि गर्न सक्छन् । तर, प्रत्येक दिन कति सङ्ख्याको टिकट विक्री भयो भन्ने विवरण नहुँदा आम्दानी यति नै हो भन्ने आधार कमजोर रहेको छ ।
बिङ्गो खेल सञ्चालनको दुई दिनअघि गत असोज २६ मा नगरपालिकामा बसेको आयोजकको बैठकमा मेयर केदार थापा र प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कासमेत सहभागी थिए । बैठकले प्रत्येक दिनको टिकट विक्रीबाट पुरस्कारमा खर्च भई बचेको रकम इलाम बजारकै एक्सेल डेभलपमेन्ट बैङ्कमा जम्मा गर्ने, हुकुमलाल थेबे, रजत खड्का र नगरका कर्मचारी कमल मैनालीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, न प्रत्येक दिन विक्री भएको टिकट सङ्ख्या यकिन भयो, न प्रत्येक दिन रकम नै बैङ्क जम्मा भयो । एकमुस्ट बचत मात्रै देखाएर हिसाबलाई गोलमाल गर्न खोजियो ।
फाइनलको दिने मोटरसाइकल बम्पर उपहारका रूपमा राखिएको थियो । यसका लागि छुट्टै तीन हजार पाँच सय रुपैयाँ गोटाका ९० टिकट विक्री भएको आयोजक बताउँछ तर यसको आम्दानी कतै देखिाईएन । यो विषयमा संस्थाका उपाध्यक्ष खतिवडाले दोस्रो पत्रकार सम्मेलनमा यो नखुलेको स्विकारे । यसबाट तीन लाख १५ हजार रुपैयाँ आम्दानी हुन्छ । आम्दानीमा मोटरसाइकलको अढाई लाख रुपैयाँ घटाउँदा ६५ हजार रुपैयाँ नाफा हुन्छ । यसको हिसाब आयोजकले देखाएको छैन ।
कुनै पनि बैठकमा मोटरसाइकल उपहार राख्ने निर्णय भएको थिएन । फाइनलकै दिन नगद उपहारको पुरस्कार समेत राखिएको थियो यसमा हजार रुपैयाँ गोटाका टिकट काटिएका थिए । हजार रुपैयाँ गोटाका दुई सय ७० टिकट विक्री भएको स्रोतले जनाउँदा त्यसबाट दुई लाख ७० हजार रुपैयाँ आम्दानी भएको देखिन्छ । नगद उपहारमा तीन जनालाई ३५ हजार रुपैयाँका दरले पुरस्कार दिँदा एक लाख पाँच हजार रुपैयाँ खर्च हुन्छ । यसमा पुरस्कारमा भएको खर्च घटाउँदा भएको एक लाख ६५ हजार रुपैयाँको आम्दानी पनि आयोजकले सार्वजनिक गरेको छैन ।
यो विषयमा आयोजकको जवाफ आउँदैन भने भावनात्मक उत्तरबाहेक तथ्याङ्कगत हिसाब भने आयोजकसँग छैन । आयोजकले दोस्रो पत्रकार सम्मेलनमा समेत हिसाब दिन नसके पछि फेरी हिसाबको यकिन तथ्याङ्क केहिदिनमा सार्वजनिक गर्ने जनाएको छ ।सन्दकपुर अनलाईन

TOP