खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित कला / मनोरञ्जन सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई अर्थ वाणिज्य माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण खेलकुद माईजोगमाइमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न खेलकुद माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु खेलकुद माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण
Hamropalika menu advertisement

हिमालय मा.वि.को ७६ औं वार्षिक उत्सव सम्पन्न

  • प्रकाशित मितिः January 13, 2025
  • हाम्रो पालिका
हिमालय मा.वि.को ७६ औं वार्षिक उत्सव सम्पन्न
Spread the love

इलामः श्री हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोेर्खेको ७६ औँ बार्षिक उत्सवको अवसरमा चार जनालाई सम्मान गरिएको छ । विद्यालयमा शुक्रबार आयोजित बार्षिक उत्सव समारोहको अवसर पारेर शिक्षा क्षेत्रमा योगदान पुर्याएका चार जनालाई सम्मान गरिएको हो ।
वि सं २०५९ र २०६६ सालमा गठित हिमालय माविको दुई कार्याकाल ब्यवस्थापन समिति सदस्य र वि सं २०५९ मङ्सिर २९ देखि ०७२ साल पौष १६ सम्म अध्यक्ष पदमा रहेर करिब एक दशक विद्यालयको सञ्चालन र श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै सोही वडाका भिम बहादुर थामीलाई विद्यालयले सम्मान गरेको छ ।
त्यसैगरि सार्वजनिक प्रा।वी पशुपतिनगरमा वि संं २०२८ सालबाट शिक्षण पेशा सुरु गर्नु भएका झापा चार्पाने निवासी टंक बस्नेतलाई चेतनाको सञ्चार गर्ने मार्गदर्शकका रुपमा सम्मान गरिएको छ । बस्नेतले २०३१ देखि ०३३ सम्म हिमालय नि।मा।वि गोर्खे २०३३ देखि ०३६ सम्म सिद्धार्थ नि मा वि साखेजुङ ०३६ देखि ०३७ सम्म डम्बरदेवी मावि चमैतामा गरि करिब ९ बर्ष शिक्षण गराउनुभयो ।
त्यसैगरी अंग्रेजी विषयमा स्नात्तकोत्तर उतीर्ण गरि वि सं २०३३ सालमा सिंहदेवी प्रा वी मंगलबारेबाट शिक्षण पेशा आरम्भ गर्नुभएकी गोर्खेकी सविता सुब्बालाई विद्यालयले सम्मान गरेको छ । सुब्बाले सरस्वती प्रा।वि फेदिखोला,हिमालय प्रा।वि प्याङ, हिमालय मा।वि गोर्खे, सार्वजनिक प्रा।वि पशुपतिनगरमा अध्यापन गराई २०५५ देखि ०६९ सम्म सातदोबाटो ललितपुरमा निजी लगानीमा गोल्डेन सुनगाभा अङ्ग्रेजी मा।वि र ०७० देखि हालसम्म मयूँमाई अंग्रेजी विद्यालय सूर्योदय–१ मा सञ्चालन गरि शैक्षिक क्षेत्रको उन्नयन र विकास गरेको भन्दै विद्यालयले सम्मान गरेको हो ।

कार्यक्रमको अवसरमा श्री मेनुका स्मृती शैक्षिक विकास संस्थाले हिमालय मा।विका शिक्षक गणेश कुमार खड्कालाई सम्मान गरेको छ । संस्थाको विकास र प्रगतिमा स्थापनाकाल देखि नै सहयोग पुर्याएको सम्झँदै संस्थाले २०४६ देखि सरस्वती निवास आधारभूत विद्यालय सूर्योदय–१, सिंहदेवी मा।वि हुँदै हिमालय माविमा अध्यापनरत खड्कालाई सम्मान गरेको संस्थाका अध्यक्ष टिका सापकोटाले बताउनुभएको छ । खड्काले गएको जेठमा सूर्योदय नगरपालिकाले आयोजना गरेका नगरस्तरीय खुल्ला निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियोे । संस्थाका संस्थापक सूर्यभक्त सापकोटाका अनुसार हरेक बर्ष शैक्षिक क्षेत्रका विशिष्ट ब्यक्ति र उत्कृष्ट विद्यार्थीहरुलाई यस संस्थाले सम्मान गर्दै आएको छ ।

समारोहको अवसरमा विभिन्न विधामा उत्कृष्ट शिक्षक,विद्यार्थी गरि करिब तीस जना बराबरलाई पुरष्किृत गरिएको विद्यालयका शिक्षक सिद्धि प्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बाँणाको अध्यक्षता एवं नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यपक,शिक्षक,विद्यार्थी,अविभावक लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक कुल बहादुर इम्सङले स्वागत गर्नुभएको कार्यक्रममा बोल्दै वक्ताहरुले शैक्षिक विकास र गुणस्तर सुधारमा विद्यालय डटेर लाग्नुपर्ने बताएका छन् ।

भारतीय सीमा क्षेत्र मानेभञ्ज्याङबाट तीन घण्टाको पैदल दुरीमा रहेको यस विद्यालयमा भारत सम्मका विद्यार्थीहरुले अध्ययन गरेका छन् । विभिन्न कठीन राजनैतिक परिस्थिति र कालखण्डमा मुस्किलले बचाउन सफल यस विद्यालय पूर्वी यस क्षेत्रको शैक्षिक धरोहर नै हो ।विद्यालयका पूराना भवन पुन निर्माण मात्र हुँदै छैनन् यहाँका विद्यार्थीहरु एसईई र कक्षा १२ को नतिजामा समेत परिणाममूखी बन्न थालेका छन् । विद्यालयले तिहारमा संस्कृति बचाउने भन्दै विद्यार्थी,शिक्षक र अविभावकलाई लिएर करिब ४ दिन देउसी भैलो कार्यक्रम गरेको थियो । उक्त क्रममा भेटि बापत ३ लाख ५७ हजार नगद संकलन गरिएको शिक्षक उद्धव पौडेलले जानकारी दिनुभएको छ । बार्षिक उत्सव समारोह कार्यक्रमको सञ्चालन शिक्षक उद्धव पौडेल र निधि प्रसाद पाख्रेलले गर्नुभएको थियो ।

TOP