जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

धार्मिक पर्यटनका लागि लारुम्बा विशिष्ट क्षेत्र :मन्त्री किराती

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
धार्मिक पर्यटनका लागि लारुम्बा विशिष्ट क्षेत्र :मन्त्री किराती

लारुम्बा :संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देवताले रोजेको क्षेत्र भएकाले धार्मिक पर्यटनमा विशिष्ट क्षेत्र हुने बताए । माछा मासु चल्ने नेपालको एक मात्र साहाकारी क्षेत्र भनेर पर्यटन प्रर्वद्धन गर्न सक्ने सम्भावना भएको बताए ।

उनले महागुरु फाल्गुनन्द र आत्मानन्दको जन्मभुमीलाई धार्मिक पर्यटन सम्भावनाको रुपमा हेरिएको बताए । किरात धर्म गुरु आत्मानन्द लिङदेनको ७० औ जन्मोत्सवको अवसरमा बोल्दै किरातीले पुुष्पलाल मध्यपहाडी क्षेत्रलाई आधार बनाएर पितृ पुजक थलोहरु धार्मिक क्षेत्र जोडेर सांस्कृतिक महारेखा जोडन सकिने बताए । उनले प्रकृति र पितृ पुजक क्षेत्रको सांस्कृतिक रेखा विकास गरेर माङसेबुङ एउटा केन्द्र बन्न सक्ने बताए ।

उनले ५ वटा देशको राजधानी विमान सेवाबाट करिब ४ घण्टाको दुरीमा पुग्न सकिने विश्वको एक मात्र देश भएको बताए । उनले नेपाल प्रकृति र संस्कृतिको देश भएकाले पर्यटन प्रकृति र संस्कृतिको समायोजन हुन सक्ने बताए । उनले नेपालको सांस्कृतिक सहिष्णुता विगार्ने केही तत्व लागेको भन्दै त्यस्तालाई नेपाली जनताले बहिष्कार गर्ने बताए । किरातीले लारुम्बाले नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने कार्य समेत गरेको बताए ।

धरान उपमहानगर प्रमुख हर्क साम्पाङले किरातीहरुको आस्थाको केन्द्र लारुम्बा संघीय सरकारको नजरमा पर्न नसकेको बताए । उनले १७ हजार सहिदको बलिदानले चाहे जस्तो देश बन्न नसकेको बताए । उनले धुलाम्मे बाटो हिड्नुपरेकाले व्यङग्य गर्दै बादलहरु छिचोलेर लारुम्बासम्म आएको बताए ।

उनले मन्त्री किरातीको ध्यानार्कषण गराउँदै लारुम्बाको बाटोको अवस्था जिर्ण भएकोले मर्मत सम्भारको लागि आग्रह गरे । साम्पाङले आफ्नो पुख्यौली थलो खोटाङको भन्दा पनि विग्रिएको बाटो रहेको बताए । उनले पवित्र भुमीसम्म आउन सहज बाटो बनाउन आग्रह गरे । साम्पाङले संघीय सरकारले सडक बत्तीको पैसा भुक्तान नभएको भन्दै विद्युत काट्ने कार्य गलत भएको बताए । उनले संघीय सरकारले सडक बतीको पैसा अर्थ मन्त्रालयले तिरिदिन आग्रह गरे ।

उनले धरानमा २० बर्ष अघि एयपोर्ट बनाउन लिएको जग्गा माफियाले बेचेर सक्न लागे बताउँदै सरकारले बनाउन नदिएको गुनासो आएको बताए । जन्मोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटनमन्त्री किराती, धरान नगर प्रमुख साम्पाङलाई सम्मान गरिएको थियो । धर्मगुरुको जन्मोत्सवमा प्रधानमन्त्री आउने कार्यक्रम तय भएपनि विदेश भ्रमणका कारण पर्यटनमन्त्रीले सरकारको प्रतिनिधित्व गरेका थिए ।कार्यक्रममा विभिन्न राजनीतिक दल, धार्मिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

TOP