जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

पशुपतिनगरमा आयोजित शिबिरमा ९८ जनाको उपचार

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
पशुपतिनगरमा आयोजित शिबिरमा ९८ जनाको उपचार

फिक्क्ल : इलामको पशुपतिनगरमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । पशुपतिनगरमा रहेको सूर्य बिनायक मेडिकल तथा एन्जल फाउण्डेशन नेपालले आयोजना गरेको शिबिरमा पाइल्स तथा फिस्टुला, मलद्धार चिलाउने, मलद्धारबाट पिप वा रगत बग्ने ,दुख्ने मलद्धारमा मासु पलाएका गरी ९८ जना बिरामीको ५० प्रतिशत छुटमा उपचार गरिएको हो ।
आयोजकले शिबिरमा उपचारमा ५० प्रतिशत, रगत जाँचमा ३५ प्रतिशत छुट दिएको थियो । शिबिरमा गरिबीका कारण उपचार गराउन नसकेका सूनपा २ पशुपतिनगरका अनीस राईलाई ५० हजार बराबरको निशुल्क उपचार गरीएको मेडिकल संचालक सागर भुजेलले जानकारी दिनु भयो । शिबिरमा डा. प्रदिप यादव सहितको टिमले सेवा दिएको थियो । सूर्यबिनायक मेडिकलले प्रत्येक हप्ताको बिहिबार बिहान ९ बजे देखि पायल्स तथा फिस्टुलाको बिशेषज्ञ डाक्टरबाट उपचार गराउदै आएको छ ।

TOP