जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

जुनियर रेडक्रस जिल्ला सभामा सम्मानित

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
जुनियर रेडक्रस जिल्ला सभामा सम्मानित

फिक्कल: सामाजिक सेवामा समर्पित संस्था नेपाल रेडक्रस सोसाइटी अन्तर्गत जुनियर रेडक्रस सर्कलको जिल्ला स्तरीय गोष्ठि सूर्योदय नगरपालिकाको फिक्कल माध्यमिक विद्यालयमा आज शुरु भएको छ ।
३६ औ जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठिको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राइले उद्घााटन गर्नुभयो । गोष्ठि उद्घाटनका क्रममा रेडक्रसमा योगदान पुर्याउने पुर्व जिल्ला सभापति देवी प्रसाद गौतम र कन्याम उपशाखाका पुर्व सभापति बेद गिरीलाई सम्मान गरिएको थियो । यसै क्रममा जिल्लामा उत्कृष्ट जुनियर युवा सर्कलको रुपमा खान्द्रुड. माविलाई उत्कृष्ट रुपमा पुरस्कार तथा ट्रफी वितरण गरिएको थियो । यस्तै चित्रकला तथा निवन्ध प्रतियोगितामा विभिन्न विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
सभामा जुनियर युवा तथा शिक्षक नायक जिल्ला समन्वय समितिको कार्य योजना तर्जुमा गरिनुका साथै जिल्लाको सांगठनीक प्रतिवेदन प्रस्तुत गरिएको छ । दुइ दिने आवासिय गोष्ठिमा जुनियर सर्कलका प्रतिनीधिहरुलाई प्रशिक्षण दिइने नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जनाएको छ ।
इलाम जिल्लाभर ६८ जुनियर युवा रेडक्रस सर्कलमा चार हजार ६ सय ७७ सर्कल स्वयंसेवक आवद्ध रहेका छन् । यस्तै देशभर ६ हजार तीन सय ३२ सर्कलमा नौ लाख ७० हजार तीन सय १७ जना स्वयंसेवक रहेका छन् ।
गेष्ठिमा नगर प्रमुख रण बहादुर राई, नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश उप सभापति हरिकला श्रेष्ठ, उप महामंत्री देवी प्रसाद गौतम समेतका वक्ताले रेडक्रसको महत्व र युवा जुनियर सर्कलबारे चर्चा गर्नुभयो । सभामा कोशी प्रदेश जुनियर तथा युवा संजालका सदस्य निश्कल राई, नेरेसो इलामका कार्यवाहक सभापति रतन चौधरी खडानन्द अधिकारी, सुजन नेपाल समेतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा स्काउट तथा एन सी सी का विद्यार्थीले साँगीतिक प्रस्तुति र कवाज प्रस्तुत गरेका थिए । फिक्कल माध्यमिक विद्यालय जुरेस अध्यक्ष सामना भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । ं

TOP