Hamropalika menu advertisement

शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
शंकर आधारभूत बिद्यालयको  ६१ औं बार्षिक उत्सब सम्पन्न

डाईमण्ड तिम्सिना:

शंकर आधारभूत बिद्यालय रोङ ३ मार्से को ६१ औं बार्षिक उत्सब तथा अभिभाबक दिबस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुशिला लिम्बूको अध्यक्षता तथा रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष बिश्णुमाया खवासको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडाध्यक्ष , बिद्यालयका प्रधानाध्यापक ,राजनीतिक दलका प्रतिनिधि,समाजसेवि,बुद्धिजीवी ,पत्रकार हरु रलगायतको उपस्तिि थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षकलाई सम्मान गरिएको थियो भने अविभावकलाई विभिन्न बिधामा खेल खेलाई पुरस्कारको समेत ब्यबस्था गरिएको थियो । तेस्तै गरि विभिन्न बिद्यालयका छात्राको नित्य प्रस्तुति समेत रहेको थियो ।
बिद्यालयका प्रधानध्यापक कमल कुमार आचार्यले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममामा बोल्दै गापा अध्यक्ष स्याङले बिद्यालय शिक्षा सुधार गर्न अविभावक शिक्षा ,तथा अध्यक्ष संग बिद्यार्थी कार्यक्रम सुरु गरेको बताउनु भयो । उहाले उक्त कार्यक्रम प्रभावकारी रुपले लागुहुने तथा लागू गराउन सम्पूर्ण अविभावक ,शिक्षक,बुद्धिजीवी लगायत सम्पूर्ण महानुभाबमा सहयोग पुर्याउन अनुरोध गर्नुभयो ।उहाँले अभिभावकको घरदैलोमा समेत पुगेर यश उक्त कार्यक्रमलाई सफल बनाउने बताउनु भयो ।कार्यक्रममा गाउँका २०० हाराहारी अभिभावकको उपस्थिति रहेको थियो।

TOP