जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु

फिक्कल:
ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाईको माग सहित पहिचान पक्षधरसमुहको बन्दका कारण अवरुद्ध मेची राजमार्गमा मंगलबार साझबाट प्रहरीले स्कटिङमा यातायत सुचारु गरेको छ कोशी नामविरुद्व आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण दिन भर मेची राजमार्गमा यातायात ठप्प पछि अलपत्र परेका यात्रुलाइृ गन्तब्यमा लैजान प्रहरीले स्कटिङमा यातायत सुचारु गरेको हो ।
प्रहरीले मेची राजमार्गको झापा इलाम पाँचथर र ताप्लेजुङ जाने सवारी साधन र ताप्लेजुङ, पाचथर,इलाम हुँदै झापा जाने सवारी साधन प्रहरीको सुरक्षामा सुचारु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी बासुदेव खतिवडाले दिनभर बन्दका कारण अलपत्र परेका यात्रुलाई गन्तब्यमा लैजान स्कटिङ शुरु गरिएको जानकारी दिनु भयो । उहाले दिउसो पाँचथर तर्फका सवारीलाई स्कटिङमा पठाईएको जानकारी दिनु भयो । केहि दिनअघि ताप्लेजुङमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार सवारी साधनमा तोडफोड भए पछि गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जना पहिचानवादी कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्ता बिना सर्त रिहाइको माग गर्दै राजमार्ग बन्दको घोषणा गरिएको छ ।
बन्दका कारण मेची राजमार्गको झापा–इलाम, इलाम– फिदिम र फिदिम –ताप्लेजुङ सडक खण्डमा यातायातका साधन चल्न सकेका थिएनन् ।
प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई मंसिर ११ गते पक्राउ गरेको थियो । आन्दोलन समुहका नेता राम लिङद्मले पक्राउ गरीएका कार्यकर्ता रिहाई नभए बन्द हडताल लागयतका कार्यक्रम लम्बीएर जाने बताउनु भयो ।

TOP