प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो

इलाम: इलामको माङसेबुङ गाउँपालिका(१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको छ ।मेलाको मुख्य दिन सोमबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुँईचो लाग्न थालेको छ । धाम आसपासमा पाल टाँगेर दर्जनौं अस्थायी टहराहरु निर्माण गरी होटल व्यवसायहरु सञ्चालनमा छन् ।

गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको भीड लागेको छ । कतिपय सावारी साधनबाट भने कतिपय पैदल यात्रामा धाम आउनेको घुँइचो छ । धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुँदै पैदल र सवारी साधनमार्फत आउनेहरुको क्रम जारी छ ।

मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन, प्रथम गजुरमुखी धाम गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल र सांस्कृतिक कार्यक्रम तय गरिएको छ ।मेलाको अवसरम आयोजित गजुरमुखी धाम गोल्डकपको फाइनल खेल समेत भएकाले चहलपहल बाक्लिलिएकव छ । गोल्डकपको फाइनल सोमबार दिउँसो हुनेछ । साँझ साँस्कृतिक कार्यक्रम तय गरिएको छ ।

साँस्कृतिक कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन ४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन ५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरुको प्रस्तुती रहनेछ ।गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा सुरु भएको मेला मंगलबारसम्म लाग्नेछ ।

TOP