पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो

इलाम: इलामको माङसेबुङ गाउँपालिका(१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको छ ।मेलाको मुख्य दिन सोमबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुँईचो लाग्न थालेको छ । धाम आसपासमा पाल टाँगेर दर्जनौं अस्थायी टहराहरु निर्माण गरी होटल व्यवसायहरु सञ्चालनमा छन् ।

गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको भीड लागेको छ । कतिपय सावारी साधनबाट भने कतिपय पैदल यात्रामा धाम आउनेको घुँइचो छ । धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुँदै पैदल र सवारी साधनमार्फत आउनेहरुको क्रम जारी छ ।

मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन, प्रथम गजुरमुखी धाम गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल र सांस्कृतिक कार्यक्रम तय गरिएको छ ।मेलाको अवसरम आयोजित गजुरमुखी धाम गोल्डकपको फाइनल खेल समेत भएकाले चहलपहल बाक्लिलिएकव छ । गोल्डकपको फाइनल सोमबार दिउँसो हुनेछ । साँझ साँस्कृतिक कार्यक्रम तय गरिएको छ ।

साँस्कृतिक कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन ४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन ५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरुको प्रस्तुती रहनेछ ।गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा सुरु भएको मेला मंगलबारसम्म लाग्नेछ ।

TOP