Hamropalika menu advertisement

इलाम नगरपालिका ९ मा ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण

  • प्रकाशित मितिः June 26, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका ९ मा ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण

इलाम : इलाम सदरमुकाममा रहेको जिल्लाकै पुरानो नगरपालिकाको पहिचान बनाएको इलाम नगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम शुरु भएसंगै इलाम नगपालिका वडा नबर ९ का ज्येष्ठ नागरिकको सम्मान स्वरुप ७१ वर्ष माथिका १०० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो ।

यसका साथै जेष्ठ नगारीक हरुको स्वास्थ परिक्षण समेत गरिएको छ । जिउँदो इतिहासका रुपमा रहेका उनीहरुलाई चिसोमा न्यानो कपडा लागाई जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।

यता नगरपालिकाका प्रमुख केदार थापाले बृद्ध बृदाहरुको हकहित तथा सहयोगको लागि पालिकाले विभिन्न खाले कार्यक्रम मार्फत सहयोग गरिरहेको बताएका छन ।

थापाले स्थानीय सरकार भएको अनुभूति दिलाउन सवै वडामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम लगाएत विभिन्न खालका लक्षित कार्यक्रम सञ्चालन गरिरहेका बताए ।

उता न्यानो कपडा पाएसंगै जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । उनिहरुले भनेका छ्न ‘हामीले वेला वेलामा सहयोग पाईरहेका छौँ, यो जाडोमा वडा कार्यालयले सहयोग गर्यो, हामीलाई धेरै खुसी लागेको छ, सरकारको सहयोग नपाएको भए हामीलाई धेरै समस्या हुन्थ्यो ।’

नमुना नगरको रुपमा पहिचान बनाउदै गरेको इलाम नगरपालिकाको बिभिन्न कार्यक्रम फलदायी बन्दै जादा यसकिसिमको कार्यक्रम अन्य पालिकाले समेत संचालन गर्न जरुरी देखिन्छ ।

TOP