जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय ७ को गोगनेमा निर्माण गरीको प्रसुति गृहको जापानी राजदुतद्धारा उद्घाटन

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सूर्योदय ७ को गोगनेमा निर्माण गरीको  प्रसुति गृहको जापानी राजदुतद्धारा उद्घाटन

फिक्कल:

जापान सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सूर्योदय नगरपालिका ७ को गोगनेमा रहेको प्रसुति गृहको उद्घाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गरीएको छ ।
नेपालका लागि जापानका राजदुत किकुता युताकाले निर्माण सम्पन्न भई संचालनमा आएको प्रसुति गृह तथा आधाभूत स्वास्थ्य कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख रणबहादुर राईलाई हस्तान्तरण गर्नु भएको हो ।
बिपन्न लाप्चा समुदायको बसोबास रहेको गोगनेमा जापान सरकार , सूर्योदय नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण सम्पन्न भएको प्रसुति गृह आधुनिक तथा सुविधा सम्पन्न भएको नगरले जनाएको छ । प्रसुति गृह हस्तान्तरण गर्दै राजदुत युताकाले ग्रामिण क्षेत्रमा निर्माण भएको प्रसुति गृहले बिपन्न समुदायलाई फाईदा पुग्ने बताउनु भयो । उहाले जापान सरकारले नेपालका ग्रामिण क्षेत्रमा स्र्वसुलभ स्वास्थ्य पहुँच पु¥र्याउनका लागि काम गरीरहेको जानकारी दिनु भयो । उहाले स्वास्थ्य सेवा ग्रामिण क्षेत्रमा पु¥र्याउन पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रसुति गृहमा सुविधा सम्पन्न भवन निर्माण गरी वेबी वार्मर, सक्सन मेसिन, रेडिएसन मेसिन , अप्रेसन टेवल, डेलीबरी बेड, बिरामी बेड, सहित प्रसुति गृह सहितको आधाभूत स्वास्थ्य कार्यालयमा आवश्यक पर्ने सबै उपकरण जडान गरीएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रविन खत्रीले जानकारी दिनु भयो । यी सामग्री जापान सरकारले राजदुताबास मार्फत दिएको २० लाख रुपियाँ सहयोगमा खरिद गरीएको उहाले जानकारी दिनु भयो ।
जापान सरकारको ७२ लाख , सूर्योदय नगरपालिकाको ६४ लाख , उपभोक्ताबाट ४ लाख २८ हजार र १० प्रतिशत जनश्रमबाट ७ लाख ८८ हजार र पाँच प्रतिशत स्थानीय स्रोतबाट ३ लाख ९४ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनु भयो ।
प्रसुति गृह हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले लाप्चा समुदायको बसोबास रहेको क्षेत्रमा प्रसुति गृह निर्माण बिपन्न समुदायलाई धाएर प्रसुति गराउन जानु पर्ने बाध्यता हटेको बताउनु भयो । उहाले भन्नु भयो‘जापान सरकारले गरेको यो सहयोगले हाम्रा नागरिकले घरदैलोमै सुविधा सम्पन्न तरीकाले स्वास्थ्य सेवा पाएका छन् ।’ उहाले प्रसुति गृह निर्माणले पाँचसय घरपरिवारलाई फाईदा पुगेको जानकारी दिनु भयो । उक्त प्रसुति गृह निर्माण पछि पाँच सय बढीले उक्त केन्द्रबाट सेवा लिई सकेका छन् ।
भवन निर्माणका लागि स्थानीय लोकनाथ खड्काले निशुल्क पाँच रोपनी जमिन उपलब्ध गराउनु भएको वडा नं.७ का वडाध्यक्ष लोक बहादुर राईले जानकारी दिनु भयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले प्रसुति गृहमा आवश्यक स्वास्थ्इ कर्मीको ब्यवस्थापन गर्दै थप सुविधा सम्पन्न बनाईने जानकारी दिनु भयो । उहाले प्रसुति गृह सम्म पुग्ने सुविधा सम्पन्न सडक लगायतका पूर्वाधार आगामी दिनमा निर्माण गरीने जानकारी दिनु भयो । ७ नं. वडाका वडाध्यक्ष लोक बहादुर राईले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा लाप्चा जातीको संस्कृति झल्कने नृत्य प्रस्तु गरीएको थियो ।
प्रसुति गृह निर्माण भए पछि उक्त क्षेत्रमा बसोबास गर्दै आएका लोपउन्मुख लाप्चा सहित सबै समुदायको टाढाका अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ ।
उक्त टोली संग नगरमा बिकास निर्माण सहित आगामी सहकार्य बारे राजदुत र नगर प्रमुखको लामो छलफल समेत भएको थियो ।




TOP