खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित कला / मनोरञ्जन सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई अर्थ वाणिज्य माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण खेलकुद माईजोगमाइमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न खेलकुद माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु खेलकुद माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण
Hamropalika menu advertisement

माईजोगमाईको जोगमाई खोलामा पक्की पुलको उद्धघाटन

  • प्रकाशित मितिः January 13, 2025
  • हाम्रो पालिका
माईजोगमाईको जोगमाई खोलामा पक्की पुलको उद्धघाटन
Spread the love

रोशन काफ्ले, नयाँबजार :

इलामको माईजोगमाई–२ जोगमाईमा २ करोड ६७ लाखको लागतमा निर्माण गरिएको पक्की पुल उद्धघाटन गरिएको छ । प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर र प्रदेश सांसद खिनु लङ्वा लिम्बुले जोगमाई खोलामा निर्माण सम्पन्न भएको १६ मिटर लामो पुल उद्धघाटन गरेका हुन् । झापाको मैनाचरी कन्स्ट्रक्सन प्रालिले पुल ३ बर्ष अघि निर्माण थालेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले पुल निर्माणले स्थानीयको आर्थिक आयआर्जनमा सहयोगी भुमिका खेल्ने बताए ।

उनले जोगमाई क्षेत्रको कृषि उत्पादनलाई बजारसम्म पु¥याउनका लागि पक्की पुल बनेपछि केही सहज हुने बताए । पुलसँगै बाटोको समेत स्तरोन्नती भएपछि यात्रामा समेत सहजता भएको मगरले बताए । कृषि क्षेत्रलाई कसरी माथी उठाउने भन्ने बारेमा प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेर काम अघि बढाइरहेको मगरले बताए । इलामबाट निर्यातको प्रमुख हिस्सा आगेटेको चियाको टेस्टिङ सेन्टर स्थापनाका लागि प्रदेश सरकारबाट बजेट बिनियोजन भएकाले चियाको समस्या केही हदसम्म समाधान हुने उनले बताए ।

सहकारी मार्फत आलु खेती तथा कृषिलाई आधुनिकिकरण गर्न कृषियन्त्रलाई सहकारी मार्फत वितरण गरिने उनले बताए । कृषि क्षेत्रमा उच्च संभावना रहेकाले सहकारीकताको माध्यमबाट अनुदानलाई प्रभावकारी रुपमा अघि बढाउन प्रदेश सरकार र मन्त्रालय जुटेको मगरले बताए । युवाहरुलाई स्वरोजगार बनाउनका लागि विदेशबाट फर्किर कृषि क्षेत्रमा लाग्नेहरुका लागि मन्त्रालयले सहुलियत दरमा ५ लाख रुपैया कृषि ऋण प्रबन्ध गरेको मगरले बताए । कार्यक्रमको विशेष अतिथि इलाम क्षेत्र नं १ को प्रदेश सभा क की सांसद खिनु लङ्वा लिम्बुले माईजोगमाई गाउँपालिमा रहेका माध्यमिक विद्यालयहरुमा प्रदेश सरकारबाट बर्षेनी आइसीटी कार्यक्रम दिइने बताइन् ।

उनले पर्यटनको संभावना बोेकेको थुम्के क्षेत्रमा २ बर्षमा गरेर ३० लाख रुपैयाको काम भएकाले थप बजेटमा विकासका कामहरु तिव्र रुपमा अघि बढ्दै गरेको बताइन् । लङ्वाले नयाँबजार खानेपानीको काम तिव्र रुपमा अघि बढिरहेकाले आगामी बर्ष सम्पन्न गरेर स्वच्छ खानेपानीको अधिकार जनतालाई प्रत्याभुत गरिने बताइन् । जडिबुटी प्रर्वद्धनका लागि चालु बर्षमा बिनियोजित ५० लाख रुपैयाबाट प्रशोधन कारखानको काम सुरु भएको बताइन् । स्थानीय सरकार साझेदारी कार्यक्रमबाट माईजोगमाई गाउँपालिकामा ६९ लाख ७५ हजार रुपैया प्रदेश सरकारबाट बिनियोजना भएको लङ्वाले बताइन् । नयाँबजारमा रहेको बालागुरु खेलमैदानका लागि २० लाख रुपैया बजेटबाट काम भइरहेको बताइन् ।

कार्यक्रमा बोल्दै अर्का विशेष अतिथि नेकपा जिल्ला सचिवालय सदस्य बिजय खम्बुले माईजोगमाई खोलामा पुल निर्माणले स्थानीयलाई सहजताका साथै गाउँपालिकाको विकासमा फड्को मार्न सहयोग पुग्ने बताए । उनले माईजोगमाई क्षेत्र आर्थिक, सामाजिक र कृषिको क्षेत्रमा अब्बल रहेपनि पुल र सडकको अभावमा अपेक्षिकृत विकासको गति लिन नसकेको बताए । सूर्योदय नगरप्रमुख रणबहादुर राईले माईजोगमाईसँग सहकार्य र समन्वयमा काम गर्न सहज भएको बताए । उनले विकासमा पछाडि परेको माईजोगमाई क्षेत्र स्थानीय सरकार गठनपछि तिव्र रुपमा जनअपेक्षाहरुलाई सम्बोधन गर्न अग्रसर देखिएको बताए ।

प्रदेश सरकारसँगको समन्वयमा विकास निर्माणमा धेरै कामहरु हुनुका साथै सूर्योदय नगरपालिकासँग भाईचाराको सम्बन्ध सधै यसैगरी अघि बढाउन आफु तत्पर रहेको बताए । स्वच्छ पानीको मुहान रहेको माईजोगमाईमा पानी प्रशोधन उद्योग संचालन गरेर मिनिरल वाटरलाई आम्दानीको श्रोत बनाउन सक्ने उच्च संभावना रहेको राईले बताए । अन्तु भन्दा माईजोगमाईको माथिल्लो क्षेत्रमा पर्यटनको संभावना उच्च रहेपनि सडक र भौतिक पुर्वाधारको विकाससँगै पर्यटकहरुको चाप बढ्दै जाने उनले बताए ।

ज्ञानोदय माविका प्रधानाध्यापक गोविन्द प्रसाद तिम्सिनाले विद्यालयको समस्याको बारेमा आफनो भनाई राखेका थिए । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राईले राज्यमन्त्री मगर र प्रदेश सांसद लिम्बु माग प्रतिवेदन बुझाएका थिए । राज्यमन्त्री राना र लङ्वाले कम्प्युटर कक्षा र विद्यालयको भवनको उद्धघाटन समेत गरे ।

कार्यक्रममा ठेकेदार कम्पनीका शेरबहादुर थापालाई प्रमुख अतिथि र विशेष अतिथिले सम्मान गरेका थिए । माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । समापनमा बोल्दै राईले स्थानीयको सहयोगले विकास निर्माणको काममा उर्जा थपिएको बताए । विकासका पुर्वाधारको क्षेत्रमा स्थानीय सरकारले जनतालाई कसरी सहजता प्रदान गर्ने भन्ने बारेमा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको राईले बताए । माईजोगमाईले अन्य स्थानीय तहकै हाराहारीमा अनुदान पाएकाले बताए । उनले गाउँपालिकाले आगामी आर्थिक बर्षमा शिक्षा क्षेत्रमा उल्लेख्य रकम विनियोजन गरिएको बताए । सामाजिक संजालमा भ्रम फैलाउने काम बन्द गर्दै विकासको मामिलामा राजनिति भन्दा माथि उठेर काम गर्दै आएको राईले जिकिर गरे । अनावश्यक भ्रमको पछि नलाग्न समते गाउँपालिकाबासीमा राईले आग्रह गरे ।

TOP