प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलाममा माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ हुने

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
इलाममा माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ हुने

इलाम: इलामको ठूलो टुँडिखेलमा आउँदो माघमा ‘इलाम गोल्डकप’ आयोजना गरिने भएको छ । माघ ६ देखि १३ सम्म आयोजना गरिने गोल्डकपमा आठ टिम सहभागी हुनेछन् । आयोजक रेडहर्स फुटबल क्लबले इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमै सहभागी माइभ्याली फुटबल क्लब पदाधिकारीले भने यसअघि घोषित ‘माइभ्याली गोल्डकप’ भने तत्काललाई स्थगित गरिएको बताएका छन् ।

माइभ्यालीले यसअघि पत्रकार सम्मेलन नै आयोजना गरी आउँदो फागुन २४ देखि चैत ३ सम्म माइभ्याली गोल्डकपको सातौं संस्करण आयोजना गर्ने घोषणा गरेको थियो । तर, तत्काललाई इलाम गोल्डकपलाई नै प्राथमिकता दिने माइभ्याली अध्यक्ष दिनेश काफ्लेले जानकारी दिए । ठूलो टुँडिखेलमा रेडहर्स फुटबल क्लबले आयोजना गर्ने इलाम गोल्डकपमा भने नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुनेछन् । आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मतीसहितका टिम सहभागी हुने आयोजक रेडहर्सका महासचिव प्रकाश घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी नै छ । ‘विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०का पूर्वसदस्य निरोज खड्गीले प्रतियोगिता सञ्चालन गर्न स्रोत खोजी भइरहेको जनाए । ‘

TOP