Hamropalika menu advertisement

सूर्योदय ९ को बरबोटे गहिरीगाउँ कजेनी अरुणोदय मार्ग कालोपत्रे सम्पन्न गरी उद्घाटन

  • प्रकाशित मितिः July 28, 2026
  • हाम्रो पालिका
सूर्योदय ९ को बरबोटे गहिरीगाउँ कजेनी अरुणोदय मार्ग कालोपत्रे सम्पन्न गरी उद्घाटन

फिक्कल
सूर्योदय नगरपालिकाको यातायात गुरुयोजना बमोजिम वडा नं. ९ को बरबोटे गहिरीगाउँ कजेनी अरुणोदय मार्ग कालोपत्रे सम्पन्न गरी आज टोलविकास संस्थालाई हस्तान्तरण गरीएको छ ।
१ दशमलब ३६० किलोमिटर सडक प्रथम चरणमा कालोपत्रे कार्य सम्पन्न भई उपभोक्त समिति ,आरिदाङ्ग टोल विकास संस्था र सुन्दरगहिरी टोल विकास संस्थाले संरक्षण गर्ने गरी हस्तान्तरण गरिएको हो । नगरप्रमुख रण बहादुर राई नगर उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा अध्यक्ष देवेन्द्र शर्मा सहित वडा सदस्य प्राविधिक टोली र निर्माण व्यवसायीको उपस्थितिमा उक्त क्षेत्रका बयोबृद्ध ९५ बर्षिय उत्तमराज शर्मा र नगर प्रमुख रण बहादुर राई रिवन काटेर सडकको विधिवत उदघाटन गर्नु भएको थियो।
आगामी दिनमा अरुणोदय मार्गको दोश्रो चरणको कार्य प्रारम्भ हुनेछ तथा क्रमागत योजनामा आगामी दिनमा उक्त मार्गको बाँकी काम गरीने नगर प्रमुख राई जानकारी दिनु भयो । बाह्रमासे सडक कालोपत्रेमा रुपान्तरण भए सँगै समस्त स्थानीय टोलबासी उपभोक्तालाई आवातजावात र ढुवानीमा सहज भएको वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिनु भयो । नगरले १४ वटै वडामा बाह््रमासे सडक निर्माण गरीरहेको छ ।

TOP