खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित कला / मनोरञ्जन सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई अर्थ वाणिज्य माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण खेलकुद माईजोगमाइमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न खेलकुद माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु खेलकुद माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण
Hamropalika menu advertisement

इलाममा विपद् ब्यवथापन अभ्यास

  • प्रकाशित मितिः January 13, 2025
  • हाम्रो पालिका
इलाममा विपद् ब्यवथापन अभ्यास
Spread the love

इलाम । बिहिबार मध्याह्न इलाममा आगलागी भएको खबर सुनियो । जिल्लाको इलाम नगरपालिका ९ स्थित हरी बहादुरको घरमा खाना बनाउने क्रममा आगलागी भएको भन्ने खबर सोही वडाका अध्यक्ष बाट जिल्ला स्थित तिन वटै सुरक्षा निकायलाई खबर प्राप्त भयो ।

खबर प्राप्त हुन साथ डिउटी अधिकृतले माथिल्लो कमाण्डरलाई जानकारी गराए । त्यसपश्चात तुरुन्त फायर फाईटिङ्ग टोली सामेल गरी आगलागी भएको ईलाकामा अग्नि नियन्त्रणको लागि पठाउने आदेश माथिल्लो कमाण्डरबाट प्राप्त भयो र तिन वटै सुरक्षा निकायहरुका फायर फायटिङ टोली आगलागी, नियन्त्रणको लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु सहित आगलागी भएको स्थल तर्फ परिचालन भए ।

अध्यक्षले खबर गरे लगत्तै सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगे । आगलागी भइरहेको घर भित्र रहेकी एक महिला बचाउ बचाउ भन्दै चिच्याउँदै थिइन । त्यतिकैमा सुरक्षाकर्मीहरुले आगलागी भएको क्षेत्रलाई घेरा लगाउँदै बाहिरबाट कुदै गएर दुई जना सुरक्षाकर्मीले उनलाई समातेर बाहिर निकाले र उपचारका लागि स्वास्थ्य संस्था पठाए । यति बेला सम्म आगलागीले गर्दा भयावह वातावरण सृजना भईरहेको थियो र स्थानीयहरु समेत आगो नियन्त्रण गर्ने कार्यमा जुटिरहेका थिए ।

जहाँ सम्पूर्ण सुरक्षा फौजहरुले छिटो भन्दा छिटो आवश्यकता अनुसार विभिन्न समुहमा बिभाजन गरि आगो नियन्त्रणको लागि परिचालन भए । केहीबेरपछि पुनः अर्धचेत अवस्थाका अर्का मानिस घरमा रहेको देखियो । सुरक्षाकर्मीले उनको पनि उद्धार गरे । उद्धार टिमले मानिस र पशुपक्षिलाई पहिलो प्राथमिकतामा राखी आगोमा फसेका घाईते वा बिरामीहरुलाई मेडिकल प्वाइण्ट खडा गरिएको स्थानसम्म लगे । उक्त टिमले आगलागीमा परेका पिडित तथा आफन्तहरुको आक्रोशलाई शान्त पार्ने, सम्झाउने कोशिस गरि आवश्यक सामाग्रीको प्रयोग गरि केही बेरमा आगो नियान्त्रमा त लिए तर घर पुरै खरानी भइसकेको थियो ।

यी दृश्य बिहिबार इलाम सदरमुकामको भगवती माध्यमिक बिध्यालयको खेलमैदानमा जिल्ला विपद् व्यवस्थापन समिति इलामले गरेको विपद् ब्यवथापन सम्बन्धी सिमुलेशन अभ्यासका दृश्य हुन् । भनिन्छ विपद् बाजा बजाएर आउँदैन । मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारी सहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ । प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपदमा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ ।

मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा इलाममा जिल्ला स्थिति बिपद ब्यबस्थापन समितिले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेको छ ।

बेला बेला आगलागीका घटना भइरहने इलाममा जिल्ला प्रसाशन कार्यालय इलामको सयोजकत्व तथा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल नेपाल र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा आयोजित बिपद ब्यबस्थापन सम्बन्धी सिमुलेशन अभ्यास गरिएको हो । जहाँ आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने लगायतका डेमो प्रदर्शन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो ।

प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि एम्बुलेन्स, आगो निभाउन प्रयोग गरिने विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु बिध्यालका बिध्यार्थी तथा अभिभावक, शिक्षक, स्थानीय नागरिक लगायतलाई प्रदर्शनी गरिएको थियो ।

TOP