जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

भानुभक्त माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई करिब दश लाख नगद छात्रबृत्ति

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
भानुभक्त माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई करिब दश लाख नगद छात्रबृत्ति

इलाम :  जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत भानुभक्त माध्यमिक विद्यालयले विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई करिव दश लाख नगद सहित छात्रबृत्ति प्रदान गरेको छ ।विहिबार आयोजना भएको छात्रबृत्ति वितरण तथा विद्यार्थी शिक्षक सम्मान कार्यक्रममा छात्रबृत्ति प्रदान गरिएको हो ।
देउमाई नगरपालिकाबाट प्राविधिक धार तर्फका प्रत्येक कक्षाका उत्कृष्ट नौ जनालाई २५ हजारका दरले उपलव्ध नौ लाख रुपैयाँ छात्रबृत्ति सहित उपलव्ध गराइएको हो । देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल ,प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर दाहाल सहित विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनाल, विद्यालयका प्र अ बासुदेव कट्टेल, शिक्षा समन्वय इकाइका अधिृत अम्बिका खनाल समेतका व्यक्तित्वहरुले विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नुभयो ।
यस्तै एस इ इ परिक्षामा विद्यालयबाट जिल्ला प्रथम सहित अंक ल्याएका उत्कृष्ट विद्यार्थीहरु ३० जनालाई पुरस्कृत गरिएको छ । कक्षा ८ मा नगर प्रथम द्धितिय हुने छात्र छात्रा लगायत १४ जनालाई पुरस्कृत गरिएको थियो । यसैगरी कक्षा १२ मा जिल्लाकै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी सहित १३ जनालाई पुरस्कृत गरिएको थियो । यस्तै कक्षा नर्सरी देखि कक्षा १२ सम्मका प्रथम द्धितीय र तृतीय विद्यार्थीलाई पुरस्कृत गरिएको थिया । उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । शिक्षकहरु प्रेमसागर नेपाल र टंक आचार्यले आफ्नो विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप व्यक्तिगत रुपमा नगद पुरस्कार प्रदान गर्नुभयो ।
देउमाई वडा ८ का वडाध्यक्ष चन्द्र मगरले प्राविधिक धार तर्फ दुइ जना विद्यार्थीलाई चार वर्ष सम्म अध्यापन खर्च व्यहोर्नुभएकोले उहाँलाई पनि विद्यालयले सम्मान गरेको जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले लोक दोहोरी, संगीनी नाच र साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।
प्रदेश सरकारबाट समेत उत्कृष्ट पुरस्कार पाउन सफल देउमाई नगरपालिका ४ को मंगलबारेमा रहेको भानुभक्त माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सहित प्राविधिक धार तर्फ सिभिल इञ्जिनियरीड. कक्षा संचालित रहेको छ । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने विद्यालयमा प्रअको कोठाबाट सवै कोठामा निगरानी अडियो भिडियो सहित
सहितको कक्षा व्यवस्थापन गरिएको छ । खेलकुदका लागि एकै पटकमा ६० जना विद्यार्थीहरु खेलको माध्यमबाट सिकाइ अभ्यास गर्न खेलघरको निर्माण गरिएको छ । प्राथमिक तहको कक्षा नर्सरीबाट कक्षा ५ सम्म कक्षा शिक्षकको व्यवस्थापन गरिएको छ । यस्तै इ जोन र इ लाइब्रेरी व्यवस्थापन गरिएको छ ।
उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा संचालन गर्न विद्यालय शिक्षक तथा कर्मचारीहरुबाट विहान बेलुकाको समयमा समेत निशुल्क अध्ययन अध्यापनका कार्यमा उच्च सहयोग पुर्याएको प्रधानाध्यापक बासुदेव कट्टेलले बताउनुभयो ।

TOP