पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

रोङ गाउँपालिकाका सामुदायिक वन ब्यवस्थित गरिदै

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
रोङ गाउँपालिकाका सामुदायिक वन ब्यवस्थित गरिदै

गोबिन्द पौडेल:

इलामको रोङ गाउँपालिका भित्र रहेका सामुदायिक वनलाई ब्यवस्थित गरिने भएको छ । बनलाई ब्यवस्थित गर्नका लागि गाउँपालिकाले कार्ययोजना बनाएर काम थालेको हो । गाउँपालिकाले आफनो क्षेत्रभित्र रहेका २९ वटा सामुदायिक वन उपभोक्ता समिति र रोङ गाउँपालिका बिच समन्वय गरी साझा कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सामुदायिक बन उपभोक्ता समितिको आम्दामी पूर्वाधार क्षेत्रमा लगानी गर्न नपाइने ,सामुदायिक वनले श्रोत अभाव र ऋणमा संरचना निर्माण गरी थप दायित्व सृजना नगर्ने , सामुदायिक वनको लेखा प्रणाली एकरुपताका लागि सफ्टबेयर मार्फत काम गर्ने , सफ्टवेयर निमार्णका लागि गाउँपालिकाले सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो ।
पालिकाले निस्कृय वनलाई सक्रिय बनाउन गाउँपालिका र सक्रिय वन उपभोक्ता समिति लाग्ने सामुदायिक वनवाट आर्जित आम्दानी वनजंगल पीडित किसानलाई लक्षित समुह केन्द्रित भएर कार्यन्वयन गर्ने निर्णय भएको छ ।
रोङका सामुदायिक बिद्यालयको लागि छात्रबृत्ति बितरणलाई एकरुपता बनाउन गाउँपालिकाको वास्केट फन्टमा रकम जम्मा गर्ने, सामाजिक बिकास क्षेत्रमा गाउँपालिका सगको साझेदारीमा सबै सामुदायिक बिद्यालयमा फर्निचर ब्यवस्थापन गर्ने ,रोजगारी सृजनाको क्षेत्रमा लगानी गरिने बनलाई संभब्यताको आधारमा आम्दामी युक्त बनस्पती सुपारी, वास, जडिबुट्टी, हर्रो ,बर्रो ,अमला जस्ता बिरुवा रोप्नका लागि आवश्यक प्रकृयामा जाने ,पाथीभरा मन्दिरको बिकासमा सबै वनले सहयोग गर्ने निर्णय भएको अध्यक्ष स्याङ्बोले जानकारी दिनु भयो ।
रोङ गाउपालिका भित्रका २९ वटा सामुदायिक वन मध्ये १८ वटा सक्रिय रहेका छन् भने ११ वटा निस्कृय रहेका छन् ।जसमा गाउँपालिकाको वडा न.ं १ मा पाँचवटा, वडा नं. २ र ४ मा दुइ दुइ ,वडा नं. ३ मा तीन, वडा नं. ५ र ६ मा आठ आठवटा रहेका छन् ।
गाउँपालिकाले सामुदायिक बनको ब्यवस्थापनमा लागेपछि चोरी तस्करी रोकिएर बार्षिक साठी देखी सत्तरी लाख सम्मको आन्तरिक आय बढाउन सकिने बिश्वास लिएको छ । गाउँपालिका भित्रका बनवाट धेरै फाइदा गाउँपालिका बाहिरका नागरिकले लिएको ब्यापक गुनासो आइरहेका बेला गाउँपालिकाले बन ब्यवस्थापनको काम थालेको छ । चुरे क्षेत्रका बन रोङको भूगोलमा भए पन झापाका नागरिकले उपभोग गर्दै आएका छन ।

TOP