जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रोङ गाउँपालिकाका सामुदायिक वन ब्यवस्थित गरिदै

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकाका सामुदायिक वन ब्यवस्थित गरिदै

गोबिन्द पौडेल:

इलामको रोङ गाउँपालिका भित्र रहेका सामुदायिक वनलाई ब्यवस्थित गरिने भएको छ । बनलाई ब्यवस्थित गर्नका लागि गाउँपालिकाले कार्ययोजना बनाएर काम थालेको हो । गाउँपालिकाले आफनो क्षेत्रभित्र रहेका २९ वटा सामुदायिक वन उपभोक्ता समिति र रोङ गाउँपालिका बिच समन्वय गरी साझा कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सामुदायिक बन उपभोक्ता समितिको आम्दामी पूर्वाधार क्षेत्रमा लगानी गर्न नपाइने ,सामुदायिक वनले श्रोत अभाव र ऋणमा संरचना निर्माण गरी थप दायित्व सृजना नगर्ने , सामुदायिक वनको लेखा प्रणाली एकरुपताका लागि सफ्टबेयर मार्फत काम गर्ने , सफ्टवेयर निमार्णका लागि गाउँपालिकाले सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो ।
पालिकाले निस्कृय वनलाई सक्रिय बनाउन गाउँपालिका र सक्रिय वन उपभोक्ता समिति लाग्ने सामुदायिक वनवाट आर्जित आम्दानी वनजंगल पीडित किसानलाई लक्षित समुह केन्द्रित भएर कार्यन्वयन गर्ने निर्णय भएको छ ।
रोङका सामुदायिक बिद्यालयको लागि छात्रबृत्ति बितरणलाई एकरुपता बनाउन गाउँपालिकाको वास्केट फन्टमा रकम जम्मा गर्ने, सामाजिक बिकास क्षेत्रमा गाउँपालिका सगको साझेदारीमा सबै सामुदायिक बिद्यालयमा फर्निचर ब्यवस्थापन गर्ने ,रोजगारी सृजनाको क्षेत्रमा लगानी गरिने बनलाई संभब्यताको आधारमा आम्दामी युक्त बनस्पती सुपारी, वास, जडिबुट्टी, हर्रो ,बर्रो ,अमला जस्ता बिरुवा रोप्नका लागि आवश्यक प्रकृयामा जाने ,पाथीभरा मन्दिरको बिकासमा सबै वनले सहयोग गर्ने निर्णय भएको अध्यक्ष स्याङ्बोले जानकारी दिनु भयो ।
रोङ गाउपालिका भित्रका २९ वटा सामुदायिक वन मध्ये १८ वटा सक्रिय रहेका छन् भने ११ वटा निस्कृय रहेका छन् ।जसमा गाउँपालिकाको वडा न.ं १ मा पाँचवटा, वडा नं. २ र ४ मा दुइ दुइ ,वडा नं. ३ मा तीन, वडा नं. ५ र ६ मा आठ आठवटा रहेका छन् ।
गाउँपालिकाले सामुदायिक बनको ब्यवस्थापनमा लागेपछि चोरी तस्करी रोकिएर बार्षिक साठी देखी सत्तरी लाख सम्मको आन्तरिक आय बढाउन सकिने बिश्वास लिएको छ । गाउँपालिका भित्रका बनवाट धेरै फाइदा गाउँपालिका बाहिरका नागरिकले लिएको ब्यापक गुनासो आइरहेका बेला गाउँपालिकाले बन ब्यवस्थापनको काम थालेको छ । चुरे क्षेत्रका बन रोङको भूगोलमा भए पन झापाका नागरिकले उपभोग गर्दै आएका छन ।

TOP