फिक्क्ल: नेपाली कांग्रेसले सूर्योदय नगरपालिकाका १४ वटै वडामा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनका लागि प्रशिक्षक प्रशिषक सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस सूर्योदय नगर समितिको आयोजनामा दुई दिने प्रशिक्षण प्रशिक्षण सम्पन्न भएको हो । नगरका १४ वटै वडाका ६५ जनाको सहभागीता रहेको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य होम दुलाल, जिल्ला सचिव पूर्ण प्रसाद गौतमले प्रशिक्षण दिनु भएको थियो ।
नेपाली कांग्रेस सूर्योदय नगर सभापति जिवन कुमार नेपालले प्रशिक्षक उत्पादन गरेर १४ वटै वडामा प्रशिक्षणका लागि पठाईने बताउनु भयो । उहाका अनुसार नेकाको बिगत देखि बर्तमान सम्मको अवस्था, पार्टीले गरेका काम , सांगठनिक गतिविधि र संरचना, नेकाको दर्शन , नेता र नेतृत्वका बिषयमा प्रशिक्षण दिएको थियो ।
काग्रेस सूर्योदय नगर उपसभापति निर्मला कट्टेल अग्रवालले पार्टीलाई चलायमान राख्नका लागि उक्त प्रशिक्षण कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनु भयो ।