जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

अन्तुका किराना पसल अनुगमन

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
अन्तुका किराना पसल अनुगमन

फिक्क्ल: सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र अन्तुका किराना पसल अनुगमन गरीएको छ । सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले सोमबार अन्तु क्षेत्रका किराना पसल अनुगमन गरेको हो।
बजार अनुगमन समिति संयोजक मदन गुरुङको नेतृत्वमा , नगरका कर्मचारी, उद्योग बाणिज्य संघ, प्रहरी र संचारकर्मी , नगर प्रहरी सहितको टोलीले अनुगमन गर्दा ठूलो मात्रामा म्याद गुज्रिएका सामग्री बरामद गरेको छ ।
बजारमा चिसो पेय पदार्थ, पाउरोटी, भुजीया, पापड, मसला बिस्कुट लगायतका म्याद गुज्रीएका सामग्री भेटिएका छन । अनुगमनका क्रममा केहि पसलको दर्ता नविकरण नभएको पाईएको छ । दर्ता नविकरण नभएकालाई तत्काल प्रक्रिया पुरा गर्न निर्देशन दिएको संयोजक गुरुङले जानकारी दिनु भयो । बरामद भएको सामग्री नगरको डम्पिङ साइडमा लगेर नष्ट गरिने छ ।

TOP