Hamropalika menu advertisement

माङसेबुङका दुई हजार बढीलाई धनीपूर्जा बितरण गरिदै

  • प्रकाशित मितिः April 23, 2025
  • हाम्रो पालिका
माङसेबुङका दुई हजार बढीलाई धनीपूर्जा बितरण गरिदै

फिक्कल: इलामको माङसेबुङ गाउँपालिकाले दुई बढीलाई एकै पटक जग्गाको धनीपुर्जा बितरण गर्ने तयारी थालेको छ । पालिकाले एकै पटक दुई हजार पाँच सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको हो ।

राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङले धनीपूर्जा वितरणको तयारी गरेको हो । त्यसका लागि माङसेबुङ गाउँपालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण सुरु गरेको छ । पालिकाले वडा नं. ६ को पञ्चमीमा एक कार्यक्रम गरी निस्सा वितरण कार्यक्रम सुरुआत गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, गाउँपालिका अध्यक्ष हेमन्त राई लगायतले उक्त वडका जेष्ठ सदस्यलाई निस्सा हस्तान्तरण गर्दै कार्यक्रमको सुरुआत गर्नु भयो ।
उक्त वडाका ३ सय ८७ जनालाई निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण गरेको छ । जसमध्ये ९ जना भूमिहीन सुकुम्बासी र ३ सय ७८ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनु भयो ।
आफनै जग्गा भए पनि धनीपुर्जा नहुँदा समस्या झेल्दै आएका नागरिकले चाडै धनीपुर्जा पाउने आश गरेका छन । बिभिन्न बैकिंङ कारोबार गर्न जग्गाको धनीपुर्जा नहुँदा स्थानीयलाई समस्या पर्दै आएको थियो ।अन्य वडामा समेत निरन्तर निस्सा वितरण गरीने भएको छ । अध्यक्ष राईका अनुसार वडा नं. ३ मा १७ गते, ५ मा १८ गते, ४ मा १९ गते, २ मा २५ गते र १ मा २६ गते निस्सा वितरण गरीने छ ।
माङसेबुङमा दुई हजार पाँच सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका थिए । जसमध्ये २४ जना भूमिहीन दलित, दुई सय २८ जना भूमिहीन सुकुम्बासी र दुई हजार तीन सय छ जना अव्यवस्थित बसोबासी रहेका छन् ।भूमिहीन दलितले एक सय ३० वर्गमिटर, भूमिहीन सुकुम्बासीले तीन सय ४० वर्गमिटर आवास क्षेत्र वा तीन हजार वर्गमिटर कृषि क्षेत्र र अव्यवस्थित बसोबासीले एक हजार वर्गमिटर आवास क्षेत्र वा १० हजार वर्गमिटर कृषि क्षेत्रको जग्गा पाउने छन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला कार्यालय इलामले जिल्लाका सबै स्थानीय तहसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरी प्रणालीमा प्रविष्ठ गरिरहेको राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसीले जानकारी दिनु भयो । लामो समयदेखि भोगचलनमा रहेको तर धनीपूर्जा प्राप्त नभएको नम्बरी बाहेकको जग्गामा बस्नेलाई अव्यवस्थित बसोबासी भन्ने गरिएको छ ।

 

TOP