प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाका बिभिन्न स्थानमा अनुगमन गर्दा बरामद गरीएका सामग्री नष्ट

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाका बिभिन्न स्थानमा अनुगमन गर्दा बरामद गरीएका सामग्री नष्ट

फिक्कल:  इलामको सूर्योदय नगरपालिकाका बिभिन्न स्थानमा बजार अनुगमन गर्दा बरामद भएका अखाद्य बस्तु नष्ट गरीएको छ । उपभोक्त हकहित संरक्षण समितिको बैठक अनुासर बरामद भएका अखाद्य र म्याद गुज्रीएका सामग्री नगरले नष्ट गरेको हो ।
सूर्योदय नगरपालिकाको फिक्कल, बरबोटे, छिपिटार, पशुपतिनगर र तीनघरे बजार अनुगमन गर्दा म्याद गुज्रीएको अवस्थामा बरामद भएको चिसो पेय पदार्थ, खानेतेल , चिउरा, मुराई , मैदा , थुक्पा , दाल, चाउमिन, पानीपुरी, पाउरोटी, सीटीसी चिया शब्जी मसल, कुरमुरे , चिप्स, हर्लिक्स, च्यवनप्रास, ओट्स, पापड लगायतका खाद्य सामग्री नष्ट गरीएको नगरका कर्मचारी नमिन ढकालले जानकारी दिनु भयो । उहाका अनुसार बरामद भएको सामग्री नगरपालिका, उद्योग बाणिज्य संघ, प्रहरी , नगर प्रहरी , संचारकर्मी लगायतको उपस्तिमा मुचुल्का उठाई नगरको डम्पिङ साईडमा लगेर नष्ट गरीएको छ ।
अनुगमनको क्रममा बरामद भएका एक लाख ५६ हजार चार सय ५९ रुपैयाँ मुलय बराबरका सामग्री एकै पटक नष्ट गरीएको बजार अनुगमन समितका संयोजक मदन गुरुङले जानकारी दिनु भयो ।उहाले पहिलो चरणमा नगरका बजार तथा पसलमा अनुगमन गर्दा धेरै पसलमा कैफियत देखिए पनि सुधार गर्नका लागि निर्देशन दिईएको जानकारी दिनु भयो । दोस्रो चरणमा नगरले पसलमा कैफियत भेटीए जरिवाना समेत गर्ने भएको संयोजक गुरुङले जानकारी दिनु भयो । अगुगमनका क्रममा कतिपय पसलले दर्ता नगरेको, दर्ता भए पनि नविकरण नगरेको , मुल्य सूची नराखेको बील भनएको पाईएको थियो । त्यस्ता पसललाई तत्काल दर्ता नविकरण गर्न र मुल्य सूची राख्न लिखित निर्देशन दिईएको गुरुङले जानकारी दिनु भयो ।
नगरले चाडबाड नजिकीए संगै बजारमा हुने कालोबजारी , मुल्य बृद्धि नियन्त्रण गर्न अनुगमनलाई तिब्रता दिएको छ । नगर क्षेत्रका हाटबजारमा अनुगमन नियमित हुने नगरले जनाएको छ । अनुगमनका क्रममा यति धेरै सामग्री बरामद भएको भने पहिलो पटक हो । यस अघि जिल्ला प्रशासन कार्यालय इलामले पनि फिक्क्लमा अनुगमन गरेको थियो ।

TOP