पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

पशुपतिनगरको सीमा क्षेत्रमा संयुक्त सुरक्षा पोष्ट

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
पशुपतिनगरको सीमा क्षेत्रमा संयुक्त सुरक्षा पोष्ट

फिक्कल: नजिकिदै गरेको चाडबाडलाई लक्षित गरी इलामको सीमावर्ती पशुपतिनगरमा संयुक्त सुरक्षा पोष्ट (हेल्प डेक्स) स्थापना गरीएको छ । नेपाल भारत सीमा क्षेत्रमै चाडबाडमा आउजाउ गर्ने यात्रुको सहजताका लागि सुरक्षा पोष्ट स्थापना गरीएको हो ।
दशै तिहार जस्ता चाडवाडका बेला कामको शिलशिला र बिभिन्न कार्यका लागि भारत गएका नेपाली पशुपतिनगर नाकाबाट घर फर्कीने र नेपालमा कामका लागि आएका भारतीय समेत भारत फर्कदा सीमानामा भिडभाड हुने गरेका कारण संयुक्त सुरक्षा पोष्ट स्थापना गरीएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनु भयो । प्रजिअ पोख्रेलले भन्नु भयो‘सीमा क्षेत्रमा कुनै पनि देशका नागरिक नठगीउन र कसैले दुख नपाओस भन्ने हाम्रो उद्देश्य हो ।’
नेपालका सुरक्षा निकायका प्रतिनिधि र भारतीय सीमा सुरक्षा बल(एस.एस.बी.)का प्रतिनिधिले सीमानामा संयुक्त पोष्ट खडा गरेका हुँन । चाडबाडमा यात्रुको चाप बढी हुँदा यातायतका साधनमा महंगो भाडा लिने गरीएको छ । उक्त पोष्टमा रहेका प्रहरीले दुबै देशका नागरीकलाई सहजीकरण गर्ने प्रजिअ पोख्रेलले जानकारी दिनु भयो ।
दुबै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा आउजाउ गर्ने ब्यक्तिको निगरानी गरी गन्तब्य सम्म पुग्नका लागि सहजीकरण गर्ने जनाईएको छ । उक्त नाका भएर पूर्वदेखि पश्चिम नेपालका नागरीक समेत भारतमा काम गरेर दशैमा घर फर्कीने गरेका छन ।
पशुपतिनगरको सीमा क्षेत्रमा यस अघि नै सूर्योदय नगरपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरीसकेको छ । सूचना केन्द्रमा पर्यटकलाई सहजीकरण गर्ने र पर्यटकको दर्ता समेत राख्ने गरीएको छ ।

 

TOP