प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

पशुपतिनगरको सीमा क्षेत्रमा संयुक्त सुरक्षा पोष्ट

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
पशुपतिनगरको सीमा क्षेत्रमा संयुक्त सुरक्षा पोष्ट

फिक्कल: नजिकिदै गरेको चाडबाडलाई लक्षित गरी इलामको सीमावर्ती पशुपतिनगरमा संयुक्त सुरक्षा पोष्ट (हेल्प डेक्स) स्थापना गरीएको छ । नेपाल भारत सीमा क्षेत्रमै चाडबाडमा आउजाउ गर्ने यात्रुको सहजताका लागि सुरक्षा पोष्ट स्थापना गरीएको हो ।
दशै तिहार जस्ता चाडवाडका बेला कामको शिलशिला र बिभिन्न कार्यका लागि भारत गएका नेपाली पशुपतिनगर नाकाबाट घर फर्कीने र नेपालमा कामका लागि आएका भारतीय समेत भारत फर्कदा सीमानामा भिडभाड हुने गरेका कारण संयुक्त सुरक्षा पोष्ट स्थापना गरीएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनु भयो । प्रजिअ पोख्रेलले भन्नु भयो‘सीमा क्षेत्रमा कुनै पनि देशका नागरिक नठगीउन र कसैले दुख नपाओस भन्ने हाम्रो उद्देश्य हो ।’
नेपालका सुरक्षा निकायका प्रतिनिधि र भारतीय सीमा सुरक्षा बल(एस.एस.बी.)का प्रतिनिधिले सीमानामा संयुक्त पोष्ट खडा गरेका हुँन । चाडबाडमा यात्रुको चाप बढी हुँदा यातायतका साधनमा महंगो भाडा लिने गरीएको छ । उक्त पोष्टमा रहेका प्रहरीले दुबै देशका नागरीकलाई सहजीकरण गर्ने प्रजिअ पोख्रेलले जानकारी दिनु भयो ।
दुबै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा आउजाउ गर्ने ब्यक्तिको निगरानी गरी गन्तब्य सम्म पुग्नका लागि सहजीकरण गर्ने जनाईएको छ । उक्त नाका भएर पूर्वदेखि पश्चिम नेपालका नागरीक समेत भारतमा काम गरेर दशैमा घर फर्कीने गरेका छन ।
पशुपतिनगरको सीमा क्षेत्रमा यस अघि नै सूर्योदय नगरपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरीसकेको छ । सूचना केन्द्रमा पर्यटकलाई सहजीकरण गर्ने र पर्यटकको दर्ता समेत राख्ने गरीएको छ ।

 

TOP