जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

पशुपतिनगर–थुम्के पैदल यात्रा

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
पशुपतिनगर–थुम्के पैदल यात्रा

फिक्कल : विश्व पर्यटन दिवस २०२३ को अवसरमा सूर्योदय नगरपालिकाले सीमावर्ती पशुपतिनगर देखि गोर्खेको पर्यटकीय क्षेत्र थुम्के सम्मको पैदल यात्रा सम्पन्न गरेको छ । ग्रामिण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पशुपतिनगरबाट नगर प्रमुख रण बहादुर राईको नेतृत्वमा गएको टोलीले बिभिन्न पर्यटकीय स्थल हुँदै थुम्के सम्मको २२ किलो मिटर दुरीको यात्रा सम्पन्न गरेको हो ।
टोलीले नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरको फाटकदेखि वडा नं १ को मानेभञ्ज्याङ–चित्रे गुम्बा लामीधुरा हुँदै थुम्के सम्मको पैदल यात्राको कार्यक्रम आयोजना गरेको छ ।टुरिजम एण्ड ग्रीन इन्भेष्टमेन्म भन्ने नाराका साथ मनाईएको बिश्व पर्यटन दिवको अवसरमा गरीएको प्रदल यात्रामा नगरप्रमुख राई सहित वडा नं १का अध्यक्ष राजकुमार सेरेङ ,४का अध्यक्ष सरन राई, ६का अध्यक्ष शिबकुमार बस्नेत, ७का लोक बहादुर राई, ८ का अध्यक्ष जंग गुरुङ १२ का वडाध्यक्ष डोलेन्द्र भारध्वज संगै नगरका कर्मचारी होटल ब्यवसायी , पर्यटन ब्यवसायी लगायतको सहभागीता रहेको थियो । टोलीले यात्राको क्रममा चित्रे गुम्बा, लामीधुरा , थुम्के लगायतका क्षेत्रमा पर्यटन प्रवर्धनका लागि गर्न सकिने कामको अध्ययन गरेको छ । बिभिन्न समुहमा बिभाजन गरी उक्त टोलीले संभाब्यता अध्ययन गरी ७ दिन भित्रमा नगरमा प्रतिवेदन बुझाउने नगरका आर्किटेक इन्जििनियर सृजन गदालले जानकारी दिनु भयो ।
नगर प्रमुख राई सहितको उक्त टोलीले एतीहासीक चित्रे गुम्बाको संरक्षण प्रचारप्रसार लगायतका बिषयमा पनि छलफल गरेको छ । नगर प्रमुख राईले पैदल यात्राका क्रममा देखिएका संभावनाको आधारमा ती क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र बिकासमा सहयोग पुग्ने बताउनु भयो । उहाले जडिबुट्टी र प्राकृतिक सम्पदाले भरीपूर्ण थुम्के सहितको माथिल्लो क्षेत्रमा पर्यटन लक्षित धेरे काम गर्न सकिने भएकाले नगरले अव त्यस तर्फ ध्यान दिने बताउनु भयो । थुम्के क्षेत्रमा बिश्वमै लोपउन्मुख रेडपाण्डा, बिभिन्न प्रजातीका जडीबुट्टी पाईने गरीएको छ । चिसो हावापानी र लेकाली जनजिवन भएको उक्त क्षेत्र पैदल यात्राका लागि निक्कै उपयोगी क्षेत्र मानिन्छ । थुम्ेकेमा पछिल्लो समय केही होमस्टे समेत संचालनमा छन् ।

TOP