प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामको तीनघरे बजारबाट ठलो परिमाणमा म्याद गुज्रीएका अखाद्य सामग्री बरामद

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
इलामको तीनघरे बजारबाट ठलो परिमाणमा म्याद गुज्रीएका अखाद्य सामग्री बरामद

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको तीनघरे बजार अनुगमन गरी म्याद गुज्रीएका र अखाद्य बस्तु बरामद गरीएको छ । उपभोक्त हकहित संरक्षण समिति अन्र्तगतको समितिले बुधबार तीनघरेका किराना पसल अनुगमन गर्दा म्याद गुज्रीएका र अखमद्य बस्तु बरामद गरेको हो ।

बजार अनुगमनका क्रममा धेरै संख्यामा कोक , पेप्सी स्प्राईट लगायतका चिसो पेय पदार्थ खाने तेल ,पकेट चिया, पाउरोटी , कुरकुरे , बिस्कुट , मिठाई, मसलका परिकार लगायतका म्याद गुज्रीएका र अखाद्य बस्तु बरामद गरेको छ । बजार अनुगमन समितिका संयोजक मदन गुरुङको नेतृत्वमा गएको टोलीले तीनघरे क्षेत्रका किराना पसल अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा तीनघरे प्रहरी प्रमुख सहितका प्रहरी , जनप्रतिनिधि नगरपालिकाका कर्मचारी नबिन ढकाल , नगर प्रहरी र संचारकर्मी सहितको टोलीले बजारका किराना पसलको अनुगमन गर्दा ठूलो मात्रामा अखाद्य र म्याद गुज्रीएका सामान बरामद गरेको छ ।
टोलीले दिपाली किराना पसल, लक्ष्मी किराना पसल, राजबंशी मिष्ठान्न भण्डार, राजु किराना पसल, सृजना कृषि भण्डार, आकृति किराना पसल, फुर्मा इन्टरप्राईजेज, अजय स्टोर, राजु चिया नास्ता पसल, शितल किराना पसल, कञ्चन किराना पसल, जनमैत्री कृषि सहकारी, लोहङ स्टोर लगायतका पसलमा अनुगमन गरीएको थियो ।
लगायतमा अनुगमन गरेको थियो ।
कतिपय पसलले दर्ता नगरेको, दर्ता भए पनि नविकरण नगरेको , मुल्य सूची नराखेको बील नभएको पाईएको थियो । त्यस्ता पसललाई तत्काल दर्ता नविकरण गर्न र मुल्य सूची राख्न लिखित निर्देशन दिईएको गुरुङले जानकारी दिनु भयो ।
नगरले चाडबाड नजिकीए संगै बजारमा हुने कालोबजारी , मुल्य बृद्धि नियन्त्रण गर्न अनुगमनलाई तिबैता दिएको छ । नगर क्षेत्रका हाटबजारमा अनुगमन नियमित हुने नगरले जनाएको छ । बरामद भएका सामग्री समितिले नगरको डम्पिङ साईडमा लगेर नष्ट गर्ने जनाएको छ ।

 

TOP