इलामको तीनघरे बजारबाट ठलो परिमाणमा म्याद गुज्रीएका अखाद्य सामग्री बरामद – Hamropalika
पर्यटन सूर्योदयमा बिज्ञान र ग्रणित प्रदर्शनी सम्पन्न, दुबै बिधामा फिक्कल मा.बि.पहिलो प्रदेश १ जुनियर रेडक्रस जिल्ला सभामा सम्मानित पर्यटन कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता पालिका विशेष शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न पर्यटन इलामका बिद्यालयमा पर्यटन क्लब गठन पालिका विशेष बिज्ञान तथा गािणत प्रदर्शनी सम्बन्धि सूचना प्रदेश १ मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु अर्थ वाणिज्य कोशी प्रदेशबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात अर्थ वाणिज्य मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण पालिका विशेष लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ
Hamropalika menu advertisement

इलामको तीनघरे बजारबाट ठलो परिमाणमा म्याद गुज्रीएका अखाद्य सामग्री बरामद

  • प्रकाशित मितिः December 2, 2023
  • hamro_palika

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको तीनघरे बजार अनुगमन गरी म्याद गुज्रीएका र अखाद्य बस्तु बरामद गरीएको छ । उपभोक्त हकहित संरक्षण समिति अन्र्तगतको समितिले बुधबार तीनघरेका किराना पसल अनुगमन गर्दा म्याद गुज्रीएका र अखमद्य बस्तु बरामद गरेको हो ।

बजार अनुगमनका क्रममा धेरै संख्यामा कोक , पेप्सी स्प्राईट लगायतका चिसो पेय पदार्थ खाने तेल ,पकेट चिया, पाउरोटी , कुरकुरे , बिस्कुट , मिठाई, मसलका परिकार लगायतका म्याद गुज्रीएका र अखाद्य बस्तु बरामद गरेको छ । बजार अनुगमन समितिका संयोजक मदन गुरुङको नेतृत्वमा गएको टोलीले तीनघरे क्षेत्रका किराना पसल अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा तीनघरे प्रहरी प्रमुख सहितका प्रहरी , जनप्रतिनिधि नगरपालिकाका कर्मचारी नबिन ढकाल , नगर प्रहरी र संचारकर्मी सहितको टोलीले बजारका किराना पसलको अनुगमन गर्दा ठूलो मात्रामा अखाद्य र म्याद गुज्रीएका सामान बरामद गरेको छ ।
टोलीले दिपाली किराना पसल, लक्ष्मी किराना पसल, राजबंशी मिष्ठान्न भण्डार, राजु किराना पसल, सृजना कृषि भण्डार, आकृति किराना पसल, फुर्मा इन्टरप्राईजेज, अजय स्टोर, राजु चिया नास्ता पसल, शितल किराना पसल, कञ्चन किराना पसल, जनमैत्री कृषि सहकारी, लोहङ स्टोर लगायतका पसलमा अनुगमन गरीएको थियो ।
लगायतमा अनुगमन गरेको थियो ।
कतिपय पसलले दर्ता नगरेको, दर्ता भए पनि नविकरण नगरेको , मुल्य सूची नराखेको बील नभएको पाईएको थियो । त्यस्ता पसललाई तत्काल दर्ता नविकरण गर्न र मुल्य सूची राख्न लिखित निर्देशन दिईएको गुरुङले जानकारी दिनु भयो ।
नगरले चाडबाड नजिकीए संगै बजारमा हुने कालोबजारी , मुल्य बृद्धि नियन्त्रण गर्न अनुगमनलाई तिबैता दिएको छ । नगर क्षेत्रका हाटबजारमा अनुगमन नियमित हुने नगरले जनाएको छ । बरामद भएका सामग्री समितिले नगरको डम्पिङ साईडमा लगेर नष्ट गर्ने जनाएको छ ।

 

TOP