जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजार अनुगमन गरी म्याद गुज्रीएका र अखाद्य बस्तु बरामद गरीएको छ । उपभोक्त हकहित संरक्षण समितिका संयोजक दुर्गा कुमार बरालको अध्यक्ष्तामा गठित समितिले सोमबार फिक्कलका किराना पसल अनुगमन गर्दा म्याद गुज्रीएका र अखमद्य बस्तु बरामद गरेको हो ।
बजार अनुगमनका क्रममा खाने तेल,पकेट चिया, चिसो पेय पदार्थ , पाउरोटी , कुरकुरे , बिस्कुट , मिठाई, चिजबल्स, कुरमुरे , पापड लगायतका म्याद गुज्रीएका र अखाद्य बस्तु गरी एक पिकअप सामान बरामद गरेको छ । बजार अनुगमन समितिका संयोजक मदन गुरुङको नेतृत्वमा गएको टोलीले फिक्कल र बरबोटे क्षेत्रका किराना पसल अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा सूर्योदय उद्योग बाणिज्य संघका महासचिब तोयानाथ भट्टराई, फिक्कल प्रहरी चौकीका प्रमुख शुभेन्द्रलाल कर्ण, नगरपालिकाका कर्मचारी नमिन ढकाल , नगर प्रहरी र संचारकर्मी सहितको टोलीले बजारका किराना पसलको अनुगमन गर्दा ठूलो मात्रामा अखाद्य र म्याद गुज्रीएका सामान बरामद गरेको छ ।
टोलीले श्रेष्ठ सब्जी पसल,  असोक स्टोर, प्रधान स्टोर, यल्मु छुर्पी पसल, होम केयर ग्लोसरी, बिमल स्टोर, मिलन किराना पसल लगायतका पसलबाट ती सामग्री बरामद गरेको संयोजक गुरुङले जानकारी दिनु भयो । कतिपय पसलले दर्ता नगरेको, दर्ता भए पनि नविकरण नगरेको , मुल्य सूची नराखेको बील भनएको पाईएको थियो । त्यस्ता पसललाई तत्काल दर्ता नविकरण गर्न र मुल्य सूची राख्न लिखित निर्देशन दिईएको गुरुङले जानकारी दिनु भयो ।
नगरले चाडबाड नजिकीए संगै बजारमा हुने कालोबजारी , मुल्य बृद्धि नियन्त्रण गर्न अनुगमनलाई तिबैता दिएको छ । नगर क्षेत्रका हाटबजारमा अनुगमन नियमित हुने नगरले जनाएको छ । बरामद भएका सामग्री समितिले नगरको डम्पिङ साईडमा लगेर नष्ट गर्ने जनाएको छ ।

 

 

 

TOP