जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा

कोलबुङ : इलामको रोङ गाउँपालिकाले भव्य रूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले अभियानको घोषणा गरे ।

उनले शिक्षा सुधारमा शिक्षकसँगै विद्यार्थी, अभिभावक र सरकार बराबर जिम्मेवार रहने बताए । ‘शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उनले भने, ‘यो गलत बुझाइलाई चिर्नका लागि शिक्षक लागिपर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् । त्यति नै विद्यार्थी, अभिभावक र सरकार पनि जिम्मेवार हुन्छ । सरकारले शिक्षा सुधारका नीति बनाउनुपर्छ ।’

अभियानमार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकार गरी चार खम्बे नीति कार्यान्वयन गर्ने, अध्यक्षसँग विद्यार्थी कार्यक्रममार्फत विद्यालयमा आधारित उद्यमशीलता विकास गर्ने, प्रविधिमैत्री शिक्षण तथा एकीकृत अनुगमन प्रणालीको कार्यान्वयन गर्न र शिक्षक, कर्मचारी तथा सामुदायिक विद्यालयको क्षमता विकास गरी शिक्षा प्रतिको अपनत्व विकास गर्ने योजना रहेको अध्यक्ष स्याङ्बोले बताए ।

विद्यालयको सुरक्षित र गुणस्तरीय भौतिक पूर्वाधार, प्रभावकारी स्थानीय पाठ्यक्रम निर्माण र खेलकुद तथा रोङ प्रतिभाको खोजी गर्न अभियान घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, विद्यालयको सामुदायिक विद्यालयको आन्तरिक स्रोतमा वृद्धि गर्ने योजना रहेको अध्यक्ष स्याङ्बोले बताए । ‘विद्यालयको सामान्य प्रशासनिक खर्चमा सरकारको बाटो हर्ने परिपाटी छ । हामीसँग श्रम संस्कार छ, जमिन छ अन्य प्राकृतिक स्रोत साधन छ,’ उनले भने, ‘भएको स्रोत साधनको संयोजन गरेर आम्दानीलाई मजबुद बनाएर लैजानु जरुरी छ । जसले भविष्यमा आउन संकने आर्थिक संकटलाई सहजै टार्न सकिन्छ ।’

कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजलले कार्यक्रम उल्लासमय भएको बताउँदै सबैलाई धन्यवाद दिइन् । उनले प्रत्येक वर्ष यस्ता कार्यक्रम गरिने बताइन् । राष्ट्रिय शिक्षा दिवस शिक्षकहरुको दिवस भएको बताइन् । संघीय शिक्षा विधेयकका कारण देशभर शिक्षक आन्दोलनमा भए पनि रोङको यो कार्यक्रम सफल बनाउन शिक्षकले सहयोग गरेको भन्दै धन्यवाद दिइन् ।

कार्यक्रममा विद्यार्थीहरुको प्रतिभाव प्रष्फोटनका लागि कविता प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, चित्रकला प्रतियोगिता, अभिनय प्रतियोगिता, हाजिरी जवाफलगायत प्रतियोगिता आयोजना गरिएको थियो । जसमा रोङ गाउँपालिकाभित्रका विभिन्न विद्यालयले सहभागिता जनाएका थिए । विधागत रूपमा उत्कृष्ट तीनलाई पुरस्कृत गरिएको थियो । रोङमा ३० वटा सामुदायिक विद्यालय छन् ।

यस्तै, कार्यक्रमको अवसरमा ११ जना सेवानिवृत्त शिक्षकलाई समान्नसमेत गरिएको थियो । जसमा केही शिक्षकलाई मरणोप्रान्त सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

TOP