पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द

इलाम : सरकारले संघीय शिक्षा ऐन संसदमा दर्ता गरेपछि शिक्षकका पेशागत सगंसंगठन आन्दोलनमा उत्रिएका छन । शिक्षकको अधिकार र पेशागत मर्यादा गिराउने प्रयास प्रस्ताबित ऐनबाट हुन लागेको ठहरका साथ सुर्धान सुझाव सहित निर्णायक आन्दोलनको घोषणा गरेको छ । जसका लागि आगामि असोज तीनबाट देशभरका सबै बिद्यालय बन्द रहने हँुदा लाखौ वालबालिकाको बिचल्ली हुने भएको छ ।
शिक्षकको पेशागत छाता सगठन नेपाल शिक्षक महासघले राजधानी केन्द्रित आन्दोलन गर्न सबै शिक्षकलाई राजधानिमा वोलाएपछि बिद्यालय ठप्प हुने भएका छन । यसै बिच नेपाल शिक्षक महासघ इलामले आज एक बिज्ञप्ति निकाली अधिकार रक्षा र पेशागत सुरक्षाको लागि आन्दोलनलाई शशक्त बनाउन अपिल गरेको छ ।
बिज्ञप्तिमा नेपाल शिक्षक सघका अध्यक्ष रोमनाथ शर्मा,नेपाल राष्ट्रिय शिक्षक सगठनका अध्यक्ष लोकबहादुर थाम्सुहाङ,अखिल नेपाल शिक्षक सगठनका अध्यक्ष उमाकान्त भट्टराई ,प्रगतिशिल राष्ट्रिय शिक्षक सगठनका मातृका प्रसाद बिश्वकर्मा,नेपाल बिद्यालय कर्मचारी परिषद इलामका अध्यक्ष हेमराज बस्नेतले हस्ताक्षर गरेका छन् ।यसै बिच पालिकाहरुले आगामी असोज २ गते पर्ने शिक्षा दिवस मनाउन ब्यापक तैयारी गरेका छन । शिक्षकका पेशागत महासघले शिक्षा बिज्ञान प्रबिधि मन्त्रालय र मतहतका निकायले गर्ने कुनैपनि कार्यक्रममा सहभागिता नहुने निर्णय छन ।

 

 

TOP