Hamropalika menu advertisement

इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ

फिक्क्ल : इलाममा एक ब्यक्तिको हत्या गरेको आशंकामा इलाम नगरपालिका ९ का पदम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका ९ का ५२ बर्षीय रबिन भनीने रेशमराज राईको हत्या गरेको आशंकामा तामाङलाई प्रहरीले आईतबार पक्राउ गरेको हो ।

इलाम नगरपालिका ९ को गायोडाँँडा लामेदुहाली कुलोमा टाउकोमा गम्भीर चोट लागी रगत बगेको अवस्थामा राईको शव फेला परेको थियोे । मृतकका छोरा मनजय राईले तामाङले आफना बुबाको हत्या गरेको भनी दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरी जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनु भयो । प्रहरीका अनसार तामाङले हत्या गरेको पुष्टी भएको छ ।
1 jana pakrau

TOP