प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

वडावासीको दुःखमा मल्हम लगाउने रोङ ६ को प्रतिबद्धता

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
वडावासीको दुःखमा मल्हम लगाउने रोङ ६ को प्रतिबद्धता

इलाम: इलामको राेङ गाउँपालिकाको वडा नम्बर ६ ले आफ्नो वडा भित्रका कुनै वडावासीको मृत्यु भएमा वडाका जनप्रतिनिधिहरू पुग्ने प्रतिबद्धता कार्यन्वयन गरेको छ ।आफ्नो  पार्टीका समर्थकको निधन भएको अवस्थामा मात्रमात्रै मलामी अनि समवेदना बोकेर पुग्ने राजनीतिक दलहरूका व्यवहारलाई चुनौति दिँदै वर्तमान राेङ गाउँपालिका वडा न ६ का वडाध्यक्ष सत्यम् राई चाैरासेले  आफू निर्वाचित भए लगत्तै वडा भित्रका सबै नागरिकहरू आफ्ना लागी  समान हुन र उनीहरूलाई कुनै राजनीतिक हिसाबले असमान व्यवहार  गरिनु हुँदैन भन्ने जनमुखी र लोकतान्त्रिक निर्णय गरेर वडा भित्रका जोकोहीको निधन भएमा वडाको तर्फबाट समवेदना सहित उपस्थित भएर सहानुभूति दिने गरेका हुन् ।

दोश्रो स्थानीय निर्वाचन भएयता राेङ गाउपालिका बडा न ६ मा एक दर्जन बढि नागरिकको मृत्यु भएको र यसमा सबैको घरमा वडाका सम्भव भएसम्म सबै जनप्रतिनिधिहरू र कर्मचारीहरू पुगेर समवेदना व्यक्त गरिएको वडा सचिव खगेन्द्र खतिवडाले बताए ।आफ्ना घरमा नजिकको सरकार वडाका जनप्रतिनिधि र कर्मचारीहरू दुखको बेलामा आँउदा आफ्नो दुखी मन पनि केही हलुका जस्तो भएको राेङ छ रम्भ्याङका एक शाेकाकुल सदस्यले बताए ।

TOP