जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल आउँने

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल आउँने

इलाम : इलामको माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँने भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्काई पोख्रेल आउने भएका हुन । पोख्रेल सरुवा भएर आउनु पुर्ब माईजोगमाईमा नवीन कार्की आउने बताईए पनि कार्किको पुन सरुवा फिर्ता भएपछि पोख्रेल आउन लागेका हुन ।

पोख्रेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका बाट सरुवा भई माईजोगमाईमा आउने भएका हुन । पालिकामा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत काजीमान राईको सरुवा भएपछि लेखा अधिकृतलाई निमित्त दिइएको थियो ।

तर पालिकाका तत्कालीन प्रमुख प्रशासकिय र लेखा अधिकृतको कार्यकक्षमा भएको अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछी लेखा अधिकृत पनि पालिका बाहिर रहेको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले बताए । पालिकामा अहिले कार्यालय प्रमुख नहुदा पालिकाको सेवा प्रभाव प्रभावित बन्न पुगेको हो ।

नयाँ बुलन्द डटकम संगको कुराकानीमा नयाँ प्रमुख प्रसाशकियका  रुपमा आउन लागेका पोख्रेलले मन्त्रालय बाट पत्र बुझेर आफू ताप्लेजुङ बाट पनि बिदा भइसकेको र आफ्नो बाटोको म्याद समेत सकिन लागेकाले चाडै माईजोगमाईमा हाजिर हुने बताएका छ्न । पोख्रेल यस अघि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृतको रुपमा कार्यरत थिए ।

TOP