Hamropalika menu advertisement

इलामका १५ कर्मचारी पुरस्कृत

  • प्रकाशित मितिः June 27, 2026
  • हाम्रो पालिका
इलामका १५ कर्मचारी पुरस्कृत

फिक्कल: निजामती सेवा दिवस २०८० का अवसरमा इलाममा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको आयोजनामा जिल्ला अस्पतालमा बिरामीलाई फलफुल बितरण गर्दै ,२० थान म्याट्रेस बितरण , बृक्षारोपण तथा उत्कृष्ठ कर्मचारी सम्मा लगायतका कार्यक्रम गरीएको हो ।
व्यवशायिक र सिर्जनशिल प्रशासन बिकास समृद्धि र सूशासन भन्ने नाराका साथ मनाईएको दिवका अवसरमा जिल्लाका बिभिन्न कार्यालयमा कार्यरत १५ जना कर्मचारीलाई नगद सहित सम्माननीत तथा पुरस्कृत गरीएको छ । दिवसको अवसरमा इलाम अस्पतालमा फलफुल बितरण गरीएको छ भने कर्मचारी युनियनले अस्पतालमा २० थान म्याट्रेस बितरण गरेको छ ।
उक्त अवसरमा जिल्ला प्रशासन परिसरमा औषधिजन्य बृक्ष रोपण गरिएको छ । दिवसको अवसर पारेर जिल्लाका सवै सरकारी कार्यालयमा बिहान पहिलो पटक १० बजे सेवा लिन आउने पहिलो दुई जना सेवाग्राहीलाई स्वागत तथा सम्मान समेत गरेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनु भयो । उहाले छिटो छरितो र नागरिकको मनजित्ने गरी कर्मचारीले कार्यालयमा सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षता तथा जिल्ला न्याधिस दिपक कुमार दाहालको प्रमुख आतित्यतामा सम्पन्न भएको थियो ।

जिल्ला प्रशासन कार्यालयका ३ जना उत्कृष्ट कर्मचारी पुरस्कृत

➢ प्रशासकीय अधिकृत श्री यादव राउत,

➢ ना सु श्री नित्यानन्द घिमिरे

➢ ना सु श्री याम बहादुर तामाङ्ग

इलाम जिल्लाका सेवा प्रवाहमा उत्कृष्ट योगदान दिने देहाय बमोजिमका कर्मचारीलाई नगद सहित प्रसंशा पत्र प्रदान गरियो ।

श्री सुर्य बहादुर कार्की  कोष तथा लेखा नियन्त्रकको कार्यालय, इलाम

श्री दिपक अधिकारी मालपोत कार्यालय, इलाम

श्री प्रेम बहादुर राई जिल्ला समन्वय समितिको कार्यालय, इलाम

श्री दिपिका घिमिरे माई नगरपालिका, इलाम

श्री चन्द्र बहादुर राउत देउमाइ नगरपालिका, इलाम

श्री लेख बहादुर नेम्बाङ्ग  फाकफोकथुम गाउँपालिका, इलाम

श्री प्रकाश लुईटेल इलाम नगरपालिका, इलाम

श्री पुष्पा भट्टराई जिल्ला अदालत, इलाम

श्री कृष्ण लिम्बु निर्वाचन कार्यालय, इलाम

श्री किरण कार्की  घरेलु तथा साना उद्योग कार्यालय, इलाम

श्री हरि कुमार थापा  जिल्ला प्रशासन कार्यालय, इलाम

श्री टिका लुईटेल  इलाम अस्पताल, इलाम

TOP