प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

पशुपतिनगरमा मानव बेचबिखन बिरुद्धको अभियान

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
पशुपतिनगरमा मानव बेचबिखन बिरुद्धको अभियान

फिक्कल: मानव तस्करीको ट्रान्जिट प्वाईन मानिएको इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ ।
देशका बिभिन्न स्थानका मानिसलाई भारतमा कामको प्रलोभन देखाएर बेचबिखन गर्ने मुख्य नाका मानिएको पशुपतिनगरमा बिभिन्न सचेतना मुलक कार्यक्रम सहित दिवस मनाईएको हो ।
सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाले आयोजना गरेको कार्यक्रममा सीमा क्षेत्रबाट हुँने मानव तस्करी रोक्नका लागि गरीएका पहलको जानकारी गराईएको थियो । पशुपतिनगरको तल्लो बजारबाट बिभिन्न प्लेकार्ड सहितको रयालीले बजार परिक्रमा गरी सीमा क्षेत्र फाटकमा पुगेर कोणसभा गरिएको थियो ।
कोणसभामा बोलदै इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले साना तिना प्रलोभनमा पर्दा नेपाली चेलीबेटीले कोठीमा पुगेर नारक्य जिवन बिताउनु परेको स्मरण गराउनु भयो । उहाले घरपरिवार, समाजको दायित्व बिर्सेर एकछिनको रोमान्समा भुल्दा नेपाली चेलीले बेचिनु परेको बताउनु भयो । प्रजिअ पोख्रेलले यौन धन्दा र शरिरका बिभिन्न प्रत्यारोपण गरीने अंग बिक्रिका लागि नेपालीको बेचबिखन बढेको बताउुन भयो ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगले सीमा क्षेत्र पशुपतिनगरबाट मानव तस्करी रोक्न बिभिन्न कार्यक्रम संचालन गरीरहेको जानकारी दिनु भयो । उहाले नगरले मात्र पहल गरेर संभव नभएकाले सरोकारवाला सबैको ध्यान पुग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा कमल गदाल सावित्रा शिका , भारतका सामाजिक अभियान्ता बुद्ध तामाङ लगायतले मानव तस्करी रोक्न मानव संजालकै आवश्यक्ता रहेको औल्याउनु भयो । वडा नं. २ पशुपतिनगरका वडाध्यक्ष डिक बम्जनले मानव तस्करी रोक्नका लागि परिवार तथा समुदाय सचेत बन्नु पर्ने बताउनु भयो । सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाका प्रमुख तारा शेर्पाले नगरले सबै क्षेत्रमा समन्वय गरेर मानव तस्करी नियन्त्रणका लागि काम गरीरहेको बताउनु भयो ।
कार्यक्रममा शिषक , बिद्यार्थी , जनप्रतिनिधि, कमचारी, र नेपाल तथा भारतका सरक्षा निकायका अधिकारीको सहभागीता थियो ।
माईती नेपाल पशुपतिनगर सहितको सुरक्षा संजालका अनुासार पशुपतिनगरबाट भारत लैजादै गरीएका पाँच जना महिलाको भखैरै उद्धार भएको छ। केहि दिन अघि नेपालका पश्चिमी जिल्लाका पाँचजना महिलाको सीमा बोर्डर निगरानी समुहले उद्धारगरी ३ जनालाई परिवारको जिम्मा लागाएको छ भने दुई जनालाई माईती नेपालको कार्यालयमा संरक्षण गरीएको माईती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिनु भयो ।

TOP