जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कल बजार अनुगमन गर्दा बरामद भएका अखाद्य बस्तु नष्ट

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
फिक्कल बजार अनुगमन गर्दा बरामद भएका अखाद्य बस्तु नष्ट

फिक्क्ल: सूर्योदय नगरपालिकाको फिक्कल बजारका हाटबजार तथा पसल अनुगमना गर्दा बरामद भएका म्याद गुज्रिएका र अखाद्य बस्तु बजार अनुगमन समितिले आज नष्ट गरेको छ ।समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्क गरी नष्ट गरेको हो ।
उपभोक्त हकहित संरक्षण समितिका संयोजक दुर्गा कुमार बरालको अध्यक्ष्तामा बसेको बैठकले उक्त बस्तु नष्ट गर्ने निर्णय गरेको थियो । सोहि बैठकले बजार अनुगमनलाई तिब्रता दिने निर्णय समेत गरेको छ । बैठकले अनुगमन निर्देशिका समेत तयार गरी नगरको कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
बजार अनुगमनका क्रममा बरामद भएका १८ प्याकेट पाउरोटी, २ प्याकेट निम्की, १४ प्याकेट डुनट, २ प्याकेट कोकीस, ३ प्याकेट बम्बैसन, १५ प्याकेट इन्डियन थुक्पा, २ प्याकेट मरिच पाउडर, ३१ प्याकेट खुर्सानी पाउडर, सब्जी मसला, ११ प्याकेट, लेज १० प्याकेट सहित अन्य खाद्य बस्तु नष्ट गरेको बजार अनुगमन समितिका संयोजक मदन गुरुङले जानकारी दिनु भयो । सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राई सहित प्रहरी नगर प्रहरी र स.चारकर्मीको रोहवरमा बरामद भएको सामग्री नष्ट गरिएको छ ।
केहि दिन अघि नगरले फिक्कलका सब्जी पसल, मासु पसल , सुनचाँदी पसलको अनुगमन गरेको थियो । सुनचाँदी पसललाई तौलमा एक रुपता कायम गर्न र तराजु दर्ता नविकरण गर्न निर्देशन दिएको थियो । नापतौल बिभागका प्राविधिक सहित फिक्कलको उत्तम आयल स्टोरमा अनुगमन गर्दा सबै मापदण्ड कायम भएको र तौल समेत सहि भएको पाईएको थियो ।

TOP