फिक्कल बजार अनुगमन गर्दा बरामद भएका अखाद्य बस्तु नष्ट – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

फिक्कल बजार अनुगमन गर्दा बरामद भएका अखाद्य बस्तु नष्ट

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

फिक्क्ल: सूर्योदय नगरपालिकाको फिक्कल बजारका हाटबजार तथा पसल अनुगमना गर्दा बरामद भएका म्याद गुज्रिएका र अखाद्य बस्तु बजार अनुगमन समितिले आज नष्ट गरेको छ ।समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्क गरी नष्ट गरेको हो ।
उपभोक्त हकहित संरक्षण समितिका संयोजक दुर्गा कुमार बरालको अध्यक्ष्तामा बसेको बैठकले उक्त बस्तु नष्ट गर्ने निर्णय गरेको थियो । सोहि बैठकले बजार अनुगमनलाई तिब्रता दिने निर्णय समेत गरेको छ । बैठकले अनुगमन निर्देशिका समेत तयार गरी नगरको कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
बजार अनुगमनका क्रममा बरामद भएका १८ प्याकेट पाउरोटी, २ प्याकेट निम्की, १४ प्याकेट डुनट, २ प्याकेट कोकीस, ३ प्याकेट बम्बैसन, १५ प्याकेट इन्डियन थुक्पा, २ प्याकेट मरिच पाउडर, ३१ प्याकेट खुर्सानी पाउडर, सब्जी मसला, ११ प्याकेट, लेज १० प्याकेट सहित अन्य खाद्य बस्तु नष्ट गरेको बजार अनुगमन समितिका संयोजक मदन गुरुङले जानकारी दिनु भयो । सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राई सहित प्रहरी नगर प्रहरी र स.चारकर्मीको रोहवरमा बरामद भएको सामग्री नष्ट गरिएको छ ।
केहि दिन अघि नगरले फिक्कलका सब्जी पसल, मासु पसल , सुनचाँदी पसलको अनुगमन गरेको थियो । सुनचाँदी पसललाई तौलमा एक रुपता कायम गर्न र तराजु दर्ता नविकरण गर्न निर्देशन दिएको थियो । नापतौल बिभागका प्राविधिक सहित फिक्कलको उत्तम आयल स्टोरमा अनुगमन गर्दा सबै मापदण्ड कायम भएको र तौल समेत सहि भएको पाईएको थियो ।

TOP