जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

भदौ २० गते पशुपतिनगरमा मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी मनाईने

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
भदौ २० गते पशुपतिनगरमा मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी मनाईने

फिक्क्ल: आगामी भदौ २० गते सूर्योदय नगरपालिकाको पशुपतिनगरमा १७ औं मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ ।मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति संयोजक तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा बुधबार बसेको बैठकले नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले अहिले सम्म मानव बेच बिखन तथा ओसार पसारमा १४ वटै वडामा गठन भएका समितिको कामको समिक्षा गर्दै प्रगतिविवरण माग गर्ने निर्णय गरिएको छ । २० गते पशुपतिनगरमा मानव बेच बिखन बिरुद्धको ¥याली सहित फाटकमा कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
बैठकले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि सामाजिक बिकास समिति संयोजक डिक बम्जनको संयोजक्त्वमा ६ सदस्यीय समिति बनाईएको छ । समितिमा प्रधानाध्यापक किरण मोक्तान, माईती नेपालका होम ढकाल, शक्ति समुहका खगेन्द्र ढुंगाना, बाल संजालका निरज चाम्लिङ र सदस्य सचिवमा महिला बालबालिका शाखा प्रमुख तारा शेर्पा रहनु भएको छ । वडा नं. २ र ३ लाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको सदस्य सचिव शेर्पाले जानकारी दिनु भयो ।
कार्यक्रममा १४ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, बिद्यार्थी शिक्षक प्रहरी र स्थानीय सरोकारवालाको सहभागीता रहने छ । उक्त बैठकले कार्य बिभाजन गरी २० गतेको कार्यक्रम सम्पन्न गर्नका लागि जिम्मेवारी समेत बाडफाड गरेको छ । पशुपतिनगर मानव बेच बिखन तथा ओसार पसारको ट्रान्जिट प्वाईन्ट पर्दछ । माईती नेपाल र शक्ति समुहले नगर सगको समन्वयमा मानव तस्करी रोकथाम र नियन्त्रणको काम गर्दै आएका छन ।

TOP