पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

भदौ २० गते पशुपतिनगरमा मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी मनाईने

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
भदौ २० गते पशुपतिनगरमा मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी मनाईने

फिक्क्ल: आगामी भदौ २० गते सूर्योदय नगरपालिकाको पशुपतिनगरमा १७ औं मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ ।मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति संयोजक तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा बुधबार बसेको बैठकले नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले अहिले सम्म मानव बेच बिखन तथा ओसार पसारमा १४ वटै वडामा गठन भएका समितिको कामको समिक्षा गर्दै प्रगतिविवरण माग गर्ने निर्णय गरिएको छ । २० गते पशुपतिनगरमा मानव बेच बिखन बिरुद्धको ¥याली सहित फाटकमा कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
बैठकले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि सामाजिक बिकास समिति संयोजक डिक बम्जनको संयोजक्त्वमा ६ सदस्यीय समिति बनाईएको छ । समितिमा प्रधानाध्यापक किरण मोक्तान, माईती नेपालका होम ढकाल, शक्ति समुहका खगेन्द्र ढुंगाना, बाल संजालका निरज चाम्लिङ र सदस्य सचिवमा महिला बालबालिका शाखा प्रमुख तारा शेर्पा रहनु भएको छ । वडा नं. २ र ३ लाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको सदस्य सचिव शेर्पाले जानकारी दिनु भयो ।
कार्यक्रममा १४ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, बिद्यार्थी शिक्षक प्रहरी र स्थानीय सरोकारवालाको सहभागीता रहने छ । उक्त बैठकले कार्य बिभाजन गरी २० गतेको कार्यक्रम सम्पन्न गर्नका लागि जिम्मेवारी समेत बाडफाड गरेको छ । पशुपतिनगर मानव बेच बिखन तथा ओसार पसारको ट्रान्जिट प्वाईन्ट पर्दछ । माईती नेपाल र शक्ति समुहले नगर सगको समन्वयमा मानव तस्करी रोकथाम र नियन्त्रणको काम गर्दै आएका छन ।

TOP