जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

माईजोगमाईको प्रशासनिक भवन उद्धघाटन

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
माईजोगमाईको प्रशासनिक भवन उद्धघाटन


नयाँबजार : माईजोगमाई गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । प्रदेश सांसद खिनु लङ्वाको प्रस्तावमा नयाँबजारमा निर्माण सम्पन्न भवनको आज एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले उद्धघाटन गरेका हुन् ।२०७६ सालमा निर्माण सुरू भएको भवन गत बर्ष निर्माण सम्पन्न भएको थियो । भवन आशिर्वाद निर्माण सेवा उदयपुरले २ करोड २५ लाखमा सम्झौता गरि निर्माण गरेको हो । २९ मिटर लम्बाई र २१।३ मिटर चौडाई भएको भवनमा ८ कोठा र महिला तथा पुरूष शौचालय रहेको छ ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले फिक्कल(गुप्ती(नयाँबजार सडक कालोपत्रे भएपछि पर्यटकहरूलाई माईजोगमाई ल्याउन सहज भएको बताए । उनले फिक्कल गुप्ती नयाँबजार हुँदै जौवारी कालपोखरी सम्मको जोड्ने सडकले माईजोगमाईको आर्थिक स्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मेची राजमार्गलाई सिमल गोलाई बाट माईबेनी हुँदै तिल्केनी जोड्नका साथै माईजोगमाई गाउँपलिकालाई राजमार्गसंग जोड्ने कार्यका लागि पहल भइरहेको उनले बताए । इलाम पर्यटकीय जिल्ला भएपनि पर्यटन सम्बन्धी कार्यहरु सोचे अनुरुप हुन नसकेको उनले बताए ।

कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले गाउँपालिकमा भएको आगलागिको कारण पुष्टि नभएकाले आधिकारिक धारणा बाहिर ल्याउन केही समय लाग्ने बताए । उनले सबै पक्षको सहयोग भए मात्र पालिकाको समृद्धि सम्भव हुने बताए । उनले गाउँपालिकाको प्रर्वद्धनात्मक कार्य गर्ने अवधारणा भएपनि आवश्यक बजेटको अभाव रहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष प्रविना राईले स्वागत मन्तव्य राखेकी थिइन् । पालिकाको भवन बारेमा निमित प्रमुख प्रशासकिय अधिकृत प्रकाश चौधरीले प्रष्ट पारेका थिए । कार्यक्रममा नेकपा एमाले तथा नेपाली कांग्रेसका प्रतिनिधिले समेत मन्तव्य राखेका थिए ।कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष जित बहादुर राईले समेत भवन उद्घाटन भएकोमा खुसी ब्यक्त गरे ।

TOP