जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कल बजार अनुगमनः अबैध ढक र खाद्य बस्तु बरामद

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
फिक्कल बजार अनुगमनः अबैध ढक र खाद्य बस्तु बरामद

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा नापतौलका ढक तराजुको अनुगमन गरिएको छ । सूर्योदय नगरपालिका उपभोक्ता हित संरक्षण समितिले फिक्कल बजारको बिहीबारे हाटबजारमा ढक तराजुकको अनुगमन गरेको हो ।
फिक्कल बजारका तरकारी, फलफुल , भाडाँ पसल र मासु पसलका ढक तराजुको अनुगमन गर्दा भारतीय ढक प्रयोग गरेको पाईएको हो । परम्परागत रुपमा चलाईदै आएका उक्त प्रकारका ढक प्रतिबन्धित भए पनि बजारमा बाहिरबाट आउने ब्यपारीले प्रयोग गरेको पाईए पछि ती ढक बरामद गरीएको छ । यस्ता ढकको तौल कम हुने गरेको पाईएको छ । अनुगमनका क्रममा एक दर्जन बढी पसलबाट भारतीय ढक बरामद भएको छ ।
त्यस्तै डिजिटत तराजुमा समेतमा तौलमा भिन्नता देखिएको छ । कतिपय ब्यपारीले डिजिटल तराजुको नविकरण नगरेको पाईएको छ । यसरी प्रयोग गरीएका तराजु नगरले तियन्त्रणमा लिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक तथा कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा बसेको बैठकले बजारको अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमन टोलीका संयोजक तथा नगरका सहकारी शाखा प्रमुख मदन गुरुङले अनुगमनका क्रममा लेभलिङ नभएको पाउरोटी लगायतका सामग्री समेत नियन्त्रणमा लिएको जानकारी दिनु भयो । उहाका अनुसार लेभल नभएका र म्याद गुज्रिएका सामग्री समेत नियन्त्रणमा लिएको छ । चाडबाड नजिकीए संगै उपभोक्ता ठगीने भएकाले बजार अनुगमन निरन्तर गरीने कार्यबहाक नगर प्रमुख बरालले जानकारी दिनु भयो ।
अनुगमनमा नगरका कर्मचारी, प्रहरी , नगर प्रहरी रसंचारकर्मीको समेत सहभागीता रहेको थियो ।

TOP