पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

फिक्कल बजार अनुगमनः अबैध ढक र खाद्य बस्तु बरामद

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
फिक्कल बजार अनुगमनः अबैध ढक र खाद्य बस्तु बरामद

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा नापतौलका ढक तराजुको अनुगमन गरिएको छ । सूर्योदय नगरपालिका उपभोक्ता हित संरक्षण समितिले फिक्कल बजारको बिहीबारे हाटबजारमा ढक तराजुकको अनुगमन गरेको हो ।
फिक्कल बजारका तरकारी, फलफुल , भाडाँ पसल र मासु पसलका ढक तराजुको अनुगमन गर्दा भारतीय ढक प्रयोग गरेको पाईएको हो । परम्परागत रुपमा चलाईदै आएका उक्त प्रकारका ढक प्रतिबन्धित भए पनि बजारमा बाहिरबाट आउने ब्यपारीले प्रयोग गरेको पाईए पछि ती ढक बरामद गरीएको छ । यस्ता ढकको तौल कम हुने गरेको पाईएको छ । अनुगमनका क्रममा एक दर्जन बढी पसलबाट भारतीय ढक बरामद भएको छ ।
त्यस्तै डिजिटत तराजुमा समेतमा तौलमा भिन्नता देखिएको छ । कतिपय ब्यपारीले डिजिटल तराजुको नविकरण नगरेको पाईएको छ । यसरी प्रयोग गरीएका तराजु नगरले तियन्त्रणमा लिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक तथा कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा बसेको बैठकले बजारको अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमन टोलीका संयोजक तथा नगरका सहकारी शाखा प्रमुख मदन गुरुङले अनुगमनका क्रममा लेभलिङ नभएको पाउरोटी लगायतका सामग्री समेत नियन्त्रणमा लिएको जानकारी दिनु भयो । उहाका अनुसार लेभल नभएका र म्याद गुज्रिएका सामग्री समेत नियन्त्रणमा लिएको छ । चाडबाड नजिकीए संगै उपभोक्ता ठगीने भएकाले बजार अनुगमन निरन्तर गरीने कार्यबहाक नगर प्रमुख बरालले जानकारी दिनु भयो ।
अनुगमनमा नगरका कर्मचारी, प्रहरी , नगर प्रहरी रसंचारकर्मीको समेत सहभागीता रहेको थियो ।

TOP