रोङमा रेविज बिरुद्द सचेतना – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

रोङमा रेविज बिरुद्द सचेतना

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

गोबिन्द पौडेल रोङ:
रेबिज लागेको शंकास्पद कुकुर गाउँमा देखिन गालेपछि रोङ गाउँपालिकामा सचेतना कार्यक्रम सचालन गरिएको छ ।रोङ ६ को रम्भ्याङमा बिगत केहि दिन अघि रेविज लागेको शंकास्पद अज्ञात कुकुर देखिएपछि रोङ गाउँपालिका पशु शाखाको आयोजनामा सरस्वती माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम सचालन गरेको हो ।
रेविजबाट बच्न र बचाउन समुदायमा एकसाथ सचेतना गर्न बिद्यार्थी मार्फत सुचना प्रवाह प्रभाबकारी हुने भएकोले रोङ पशु शाखा प्रमुख मिग्मा रिन्जी शेर्पा,पशु प्राबिधिक बद्रि गोपाल आचार्य सहितको टोलिले गाउँ टोलमा देखिएको वर्तमान अवस्था,कुकुर पाल्दा ध्यान दिनु पर्ने कुरा,रेबिजका लक्षण,उपचारको वारेमा अन्तरक्रिया भएको थियो ।
बिद्यालय आसपासमा बिगत केहिदिन यता ¥याल चुहाउदै शंकास्पद कुकुर हिडेको र उक्त कुकुरको लसपसमा परेका कुकुर मरेको स्थानिय आशिष प्रधानले बताएका छन् ।कुकुर मर्न थाले पछि सचेतना कार्यक्रम शुरु गरिएको पशु शाखाले जनाएको छ ।

TOP