जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

पशुपतिनगरमा सटही काउन्टर खुल्ने

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
पशुपतिनगरमा सटही काउन्टर खुल्ने

फिक्कल: इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा सटही काउन्टर राखीने भएको छ । लामो समय देखि सटही काउन्टर राख्न स्थानीयले माग राख्दै आएकोमा गभर्नर महाप्रसाद अधिकारीले पशुपतिनगरमा तत्काल सहटी काउन्टर राख्न निर्देशन दिनु भएको हो । सूर्योदय नगरपालिकाका नगर प्रमुखको छलफल पछि सटही काउन्टर राख्न उहाले निर्देशन दिनु भएको छ । काठ्माण्डौमा भएको छलफल पछि भारतीय रुपियाँ सटहीको समस्या हटाउनका लागि काउन्टर स्थापना गर्ने सहमती भएको नगर प्रमुख राईले जानकारी दिनु भयो । पशुपतिनगरमा भारतीय पचास र एक सय रुपियाँका साना नोट साटेर नेपाली बनाउन वाणिज्य बैंकलाई निर्देशन दिएको छ ।
‘गभर्नर अधिकारीले राष्ट्रिय वाणिज्य बंैकका कार्यकारी निर्देशकलाई पशुपतिनगरमा सटही काउन्टर खोल्न निर्देशन दिई सक्नु भएको छ’ नगर प्रमुख राईले भन्नु भयो । लामो समय देखि माग भए पनि सटही काउन्टर नहुँदा सीमा क्षेत्रमा अहिले भारतीय नोट नसाटिने समस्या रहेको स्थानीय ब्यवसायी बिमल देवानले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘भारतीय नोटको चाङ हुँदा पनि साट्ने अवस्था थिएन, अव सहज हुने भयो ।’
पशुपतिनगर नाकाबाट बिशेष गरी इलाम सहितका पहाडी जिल्लामा उत्पादन भएको सागसब्जी भारत जाने गरेको छ । केहि समय अघि भारतले इस्कुसलाई क्वारेन्टाईन लिष्टमा राखेपछि इस्कुसको निर्यात समेत बढेको छ । यसरी बिक्री भएको सागसब्जीबाट आएको भारतीय रुपियाँ साट्न भने ब्यवसायीलाइृ धौधौ पर्दै आएको थियो ।
कोरोना महामारी पछि सुनसान बनेको पशुपतिनगरले अझै गति भने लिन नसकेको सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले जानकारी दिनु भयो । उहाले कोरोना पछि दर्जनौ ब्यवसायी बिस्थापित समेत भएको जानकारी दिनु भयो । अध्यक्ष राईले सटही काउन्टर स्थापना भएपछि सटहीको समस्या हटेर सहज हुने जानकारी दिनु भयो । काउन्टर राख्नका लागि संघले समेत माग गर्दै आएको थियो । काउन्टर स्थापना भए पछि मोवाइल ब्याङकिङबाट पनि सटहिको काम हुने बताईएको छ ।

TOP