प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्योदय नगरपालिका भित्र संचालित होटलको अनुगमन

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिका भित्र संचालित होटलको अनुगमन

फिक्कल: सूर्योदय नगरपालिका भित्र संचालित होटलमा बाल श्रम भए नभएको सम्बन्धमा आज अनुगमन भएको छ । सूर्योदय नगरपालिकाका बाल कल्यण अधिकारी तारा शेर्पाको संयोजकत्वमा वाड नं. ६,७ र ८ मा संचालित २५ वटा होटलमा अनुगमनमा भएको हो ।
अनुगमनको क्रममा १८ वर्ष भन्दा मुनिका बालबालिकाह श्रमिकको रूपमा कतै पनि नरहेको पाइयो । व्यवसायीले बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा भैसकेकाले बाल श्रम नगराउने जानकारी समेत दिनुभयो । हप्तामा एक पटक फोहर उठनु पर्ने , पर्यटकीय क्षेत्रमा गाडीका हर्न निषेधित गर्नुपर्ने सुझाव समेत दिईएको छ । अनुगमनमा महिला बाल बालिका तथा समाज कल्यण शाखाका कर्मचारी एकमाया बोहोरा, प्रहरी चौकी फिक्कलका प्रमुख शुभेन्द्र कुमार कर्ण, बाल अधिकारकर्मी जयकुमार राई, प्रहरी हवल्दार पुष्पलाल भट्टराई र नगर प्रहरी संजीव कार्कीको उपस्थिति रहेको थियो ।

TOP