पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

रोङमा लामखुट्टे खोजेर नष्ट गरिदै

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
रोङमा लामखुट्टे खोजेर  नष्ट गरिदै

गाेबिन्द पाैडेल, राेङ:

बर्षादकाे समयमा लामखुट्टेवाट सर्ने डिङ्गाे राेग नियन्त्रणकाे लागि लामखुट्टे खाेजि खाेजि नासगर्ने अभियान थालिएकाे छ । टाईगर मस्क्युटाे समेत भनिने एडिस एजिप्टाई जातकाे सफापानीमा बसेर दिउसाेकाे समयमा टाेक्ने लामखुट्टे वाट डिङ्गाे हुने गर्दछ ।डिङ्गाे लागेका बिरामिहरुलाई तिन देखि दश दिनसम्म उच्च ज्वराे अाउने टाउकाे पेट,अाखा दुख्ने,वाकवाकि लाग्ने गर्दछ ।पानी जम्मा हुने भाडाहरु गमला,फूलदानि,टायर,रित्ताे बट्टाहरु,अध्याराे काेठा,शाैचालय,टेवल खाटकाे मुनिपट्टि बस्ने लामखुट्टे नास गर्नकाे लागि राेङमा यसकाे बासस्थान खाेजि गरि नास गर्ने अभियान थालिएकाे राेङ स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत युवराज काफ्लेले बताए ।डिङ्गाे नियन्त्रणका यस कार्यकाे लागि गाउपालिका स्तरमा सराेकारवलाहरुकाे बैठक बसि हरेक वडाहरुमा चेतना हरेक वडाहरुमा जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मी ,महिला स्वास्थ्यस्वयसेबिका,टाेलबिकाश सस्थाका प्रतिनिधिहरु,राजनितिक दलका प्रतिनिधिहरु सहितकाे अन्तर्कृया गरिएकाे र राेगकाे पहिचानकाेे लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर टेस्ट किड समेतकाे ब्यवस्था गरिएकाे शाखा प्रमुख काफ्लेले बताए । हाल सम्म राेङमा चारजना डेङ्गु सक्रमित भएकाे शाखाकाे तथ्याङ्क रहेकाे छ ।

TOP